कृषकहरुलाई आत्मानिर्भर बनाउन कृषि औजार वितरण

Jun 27, 2020

रसुवाको कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकामा शुक्रबार कृषि मेसिनरी औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई आलुजोन संचालक समिति रसुवाबाट २०७६÷७७ मा विनियोजित रकमबाट ५० प्रतिशत अनुदानमा कालिका गाउँपालिका २ लोकिल र उत्तरगयागाउँपालिका ५ बनुवामागरि ३ वटा कृषि समुहका कृषकहरुलाई कृषि औजार वितरण गरीएको छ ।

कृषकलाई आवश्यक औजारहरु वडामा माग गरी पहिले नैफारम भरेकोमा मिनि ट्याक्टर १२ वटा,स्प्रियर ३६ वटा र भकारो सुधार कार्यक्रमअन्र्तगत २५ वटा ड्रम वितरण गरीएको हो ।

२०७६ सालमा सालमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ र ५ लाई आलु जोन घोषणा गरेपछि कृषकहरुको जिवनस्तरमा परिर्वतन भएको छ । यो भन्दापहिला पनि कृषकहरुलाई कृषि सामाग्री वितरण गरीएको थियो । कृषकको मागअनुसार अहिलेपनि वितरण गरेका छौँ, समय अनुसार परिर्वतन हुदै जाँदा गोरु जोतेर खेतिगर्दा ढिलासुस्ति हुने भएकाले आधुनिक समयसगै छिटो छरीतो ओैजार प्रयोग गरी कृषि क्षेत्रमा आयआर्जन गरी आम्दानि लिन सकिने उत्तरगयागाउँपालिका ५ का वडा अध्यक्ष ईश्वर थापाले जानकारी दिए ।
रसुवाको जनताको आयस्रोत बढाउनका निम्ति स्थानियतह, जनप्रतिनिधि, संघसंस्था र कृषक सबैजना लागिरहेको बेला म पनिलागिरहेको छु । यो अवस्थामा राजनितिगर्ने होइन यो समयमा कोरोना विरुद्ध लड्ने हो, गरीबि विरुद्ध लड्ने हो अहिले सम्म उत्तरगया गाउँपालिकाका जनप्रतिनिधिले किसानका निम्ति राखेको प्रस्ताव र गरेको सिफारिसलाई मैले नकारेको छैन । भोलिको दिनमा पनि यहाँका जनतालाई आवश्यक पर्ने सहयोग जुनबेला पनि गर्ने जिल्ला समन्वय समितिका सभापति कुल प्रसाद भट्टले प्रतिवद्धता समेत गरेका थिए ।

साथै गोठ सुधार र साना सिँचाई कार्यक्रमको केहि योजनाहरु पनि अनुगमन गरीएको थियो ।
कार्यक्रममा आलुजोन सञ्चालक सम्योजक फुर्पु सिङगी तामाङ, प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति कुल प्रसाद भट्ट, जिल्ला समन्वय समिति सदस्य रमेश सुवेदि, वडा अध्यक्ष ईश्वर थापा, वडा सदस्य दयाराम आर्चाय, शारदा कुमारी न्यौपाने, आलुजोन संञ्चालक प्रमुख दिपक अधिकारी, आलुजोन सञ्चालक सचिव दावा लाक्पा तामाङ, कमला आर्चाय, पत्रकार र कृषकहरुको उपस्थिति रहेको थियो ।