स्थानिय सराेकारद्वारा वडालाई ध्यानाकर्षण पत्र पेश

Mar 19, 2019

सरिता चौधरी


दाङ ४, चैत्र

घोराहि उपमाहानगरपालीका ४ सुनपुर मा गठित सुनपुर स्थानिय सभाको बैठकले घोराहि उपमाहानगरपालीका वडा नं ४ लाई ध्यानआकर्षण पत्र बुझएको छ ।

ग्रामिण महिला उत्थान केन्द्र दाङको आयोजनामा वडाकै अध्यक्ष भिम बाहादुर शार्कीको विशिष्ट अथिति र स्थानिय सभाका संयोजक मुनाल घिमिरेको संयोजककत्वामा उक्त कार्यक्रम  सम्पन्न भएकाे हो ।


स्थानीय सरकारको सेवालाई प्रभावकारी बनाई सार्वजनिक निकायमा नागरीकहरुको सहभागिता अभिवृद्धि गरेर सुशासन स्थापना गर्ने उद्देश्यले सभाद्धारा वडालाई समेत ध्यानआकर्षण पत्र बुझाएको हो । त्यसैगरी सभाले मंगलबार वडा नं ३ लाई पनि ध्यनाकार्षण पत्र बुझाउने निर्णय गरेको छ । त्यसै गरी कार्यक्रममा हरेक क्रियकलापमा वडाको बजेट टोल विकास संस्था मार्फत परिचालन हुने भएको कारणले गर्दा उक्त कार्यक्रममा टोल विकास संस्थाका व्यक्तिहरुलाई पनि समावेश गरिएको थियाे । सभाका सदस्यहरुको उप समुह मार्फत स्थानिय स्तरमा रहेको शिक्षा, स्वास्थ्य, कृर्षि विपद् न्युनिकरण जस्ता विषयमा देखिएको समस्या तथा उक्त विषयमा स्थानीबासीको गुनासोलाई वडा अध्यक्षले सम्बोधन गरेका थिए ।


वडा अध्यक्षले शिक्षा क्षेत्रमा शौचालय सुधार तथा  यसाे पहिचान गर्ने, विद्यार्थिहरुको वार्षिक रुपमा स्वास्थ्य चेकजाँच गर्ने, वडाले विद्यालय अनुगमन गरि आवश्यक व्यबस्था मिलाउने, गरिब विद्यर्थिहरुको तथ्याङ्क संकलन गरि वडाबाट निशुल्क शिक्षको व्यबस्था मिलाउने, शिक्षाको दरबन्दीकाे व्यबस्था मिलाउने, वद्यालय अनुगमन गर्ने, स्वास्थ्य क्षेत्रमा औषधिकाे  अप्रयप्तता भएको खण्डमा स्वास्थ्य चौकीको लागी माग भएका अाैषधिकाे ब्यबस्था गर्ने कुरा बताए । हालका दिनमा एम्बुलेन्स सेवाको माग भई रहेको अबस्थामा त्यसकाे समेत ब्यबस्थापनमा ध्यानाकर्षण भएकाे कुरा ब्यक्त गरिएकाे थियाे ।  माहामारी रोग विरुद्ध जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, कृषि सिंचाईको लागी पक्कि बाँध निर्माणको काम भईरहेको, किसानले उत्पादन गरेको तरकारीको मुल्य निर्धारण गर्न नगर सभा सम्म पुर्याउने प्रतिवद्दता ब्यक्त गरे । त्यसैगरि बास्तविक किसानलाई छनाैट गरि समान रुपमा अनुदान वितरण गर्ने र टोल विकास संस्थालाई वडाले जानकारी गराउने, विपद् न्युनिकरणमा लक्ष्मीपुरदेखी सवारिकोट सम्मको कच्ची बाटोको लागि बजेट परिसकेको उक्त काम २०७६/ ०७७ मा कार्य सुरु हुने र मापदण्ड विपरित घर निर्माण कार्यको वडाले अनुगमन गर्ने  कुरा वडा अध्यक्षले निर्णय गरेका छन् ।

यस कार्यक्रममा बोल्दै वडा अध्यक्षले स्थानीय बाटाे फराकिलोको लागी टेन्डर परिसकेको र विजुलीको लागी आफ्नो वडामा केन्द्रको बजेट रू. १ करोड परेको समेट जानकारी गराएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालीेका वडा न. ३ र २ वडा अध्यक्ष तथा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि,स्थानिय सभाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई शिक्षा, स्वस्थ्य, कृर्षि, विपद् न्युनिकरण र सार्वजनिक निकायबाट हुन नसकेको कार्यहरु, नितिगत व्यबस्था तथा बर्तमान समस्याको विषयमा नविन चौधरीले जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण रजनी श्रेष्ठबाट भएकाे थियाे ।