शिक्षकलाई समयमा विद्यालय उपस्थित गराउन विद्दुतीय हाँजिर

जगतदल जनाला बिक

सुर्खेत, मंसिर १९ 

पश्चिम सुर्खेतकाे चाैकुने गाउँपालिका २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लगाम सुर्खेतमा बुधबारदेखि विद्दुतीय हाजिरि प्रणाली सुरु गरिएको छ।

विद्यालयका शिक्षक, कर्मचारीहरुलाई नियमित र समयमा उपस्थिति गराउन याे प्रणालीलाई सदुपयाेग गरेकाे बिद्यालयका प्रध्यानाध्यापक लाल बहादुर थापाले बताए ।

शिक्षकहरु कार्यालय समयमा नअाउने र विद्यार्थीहरुकाे पठनपाठनमा समस्या देखिने भएकाे हुँदा याे प्रणालीकाे अावश्यक रहेकाे थापाले बताए ।अरु बेला मनाेमानी अाउने जाने शिक्षक विद्दुतीय हाँजिरी सुरु भएपछि बिहान १० बजेभित्र र साँझ ४ बजेसम्म शिक्षकहरु विद्यालयमै उपस्थित रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिंह बिकले बताउनुभयाे ।

दिनमा दुइपटक बिहान १०र अपराह्न ४ बजे हाँजिर लाग्ने प्रत्येक महिना प्रिन्ट अाउट ,शिक्षककहरुकाे पूरा विवरण हुने भएकाेले समितिले शिक्षकहरुकाे मुल्यांकन गर्न र पठनपाठनलाई प्रभावकारी बनाउन २३ हजार रुपैयाँकाे लागतमा जडान गरेकाे अध्यक्ष बिकले बताए ।

समयमै शिक्षक नअाउँदा कतिदिन पहिलाे घण्टी पढ्नै छुटेकाे कक्षा दशमा अध्ययनरत जयन्ती बिकले गुनासाे गरिन् ।विद्दुतीय हाँजिरी प्रणाली लागु गरेपछि यस्ता समस्यामा सुधार अाउनेमा उनी विस्वस्थ्य छिन् । शिक्षकहरु महिनामा केहिदिन मात्र उपस्थित हुने र हाँजीर पुरै महिनाका लगाइ तलब बुझ्ने स्थितिलाई याे प्रणालीले सहयाेग पुर्याउने शिक्षक अभिभावक संघका अध्यक्ष पदम बान्ताेलाले बताए ।

याे प्रविधिकाे प्रयाेग पश्चिमका बराहताल,पञ्चपुरी र चाैकुनेकै सरकारी कार्यालयमा समेत लागू गरिएकाे छैन ।