श्रीमतीलाइ ब्लड क्यान्सर, श्रीमानको दुवै मृगौला फेल, तिन बालबालिकाको बिचल्ली ।

2017-07-31

आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाले गर्दा दुनियासामु सहयोगको हात फैलाउदै तड्पी तड्पी बाच्नुको बाध्यता सायद कमैलाइ मात्र हुन्छ होला तर विगत २ वर्ष अघिदेखी यही बाध्यतामा गुज्रिरहनुभएको छ, धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ आँपस्वाराका तेजबहादुर मगर र उहाँकी श्रीमती तोपकुमारी मगर । गरिव र निमुखालाइ मात्रै अनिष्ट आइपर्छ भन्ने बुढापाकाहरुको उखान उहाँहरुको जीवनमा भने ठ्याक्कै मेल खान्छ ।

सामान्य घरखर्च चलाउन र लालाबालाको शिक्षा दिक्षाको लागि पैसाको जोहो गर्न साढे ४ वर्ष अघि दुवई पुग्नुभएका तेज बहादुर गिँदेल मगरलाइ त्यतिवेला पहिलो झड्का लाग्यो, जतिबेला उहाँले आफ्नी श्रीमती तोपकुमारीलाइ लाइ ब्लड क्यान्सर भएको थाहा पाउनुभयो । तोपकुमारी श्रीमान विदेश गएपछि शारिरीक रुपमा कमजोर बन्दै जानुभयो । ‘महिनावारी रोकियो, जीउ सुक्दै गयो ।’ तोपकुमारीले भन्नुभयो, ‘जिल्ला अस्पताल धादिङमा जचाँए, धादिङ अस्पतालका डाक्टरले भरतपुर क्यान्सर अस्पाताल जान सुझाव दिनुभयो । भरतपुरमा पहिलोपटक जँचाउदैमा रगतमा क्यान्सर छ भनिदियो ।’ 
तेजबहादुरलाइ त्यतिबेलै नेपाल आइहाल्न र श्रीमतीलाइ सान्त्वना दिन चाहानुहुन्थ्यो तर तत्काल घर आएर नुनतेलको समेत जोहो नहुनेभएपनि श्रीमतीको उपचार खर्च र आफ्ना बालबच्चाको शिक्षादिक्षाको लागि विदेशमै पैसा कमाउने अठोट गर्नुभयो ।तोपबहादुरले विदेशको बसाइ सम्झिदै भन्नुभयो, ‘हरेक महिना श्रीमतीको औषधिखर्च, घरखर्च र बालबच्चाको शिक्षादिक्षाको लागि २० हजार जसरी पनि पठाउनुपर्ने बाध्यता भयो । नेपाल आएर मैले क्यान्सर निको पार्न सक्ने थिइन, बरु विदेशमा अलि बढी दुःख गरेर श्रीमतीको औषधि खर्च जुटाउन भनेर घर फर्किने मन हुँदाहुदै पनि विदेशमै काम गरिरहेँ ।’ विदेशमा पसिना बगाएरै श्रीमतीको उपचार गराउने अठोट लिएर काम गर्न बसेका तेज बहादुरमाथी अर्को बज्रपात आइलाग्यो, आफ्नो दुइवटै मृगौला फेल ।
दुई वर्षे भिसामा दुवइ पुग्नुभएका तेजबहादुर १ वर्ष पछि विरामी परेर अस्पताल भर्ना हुनुभयो । अस्पतालबाट बाहिरिदाँ उहाँको हातमा थियो, आफ्नौ दुवै मृगौलाले काम गर्न रिपोर्ट । यता घरमा श्रीमती ब्लड क्यान्सरको विरामी, विदेशमा आफु मृगौला पिडित । तेजबहादुरले विदेशका पिडादायी दिन सम्झिदै भावुक भएर भन्नुभयो, ‘त्यसबेला के गर्ने कसो गर्ने सोच्नै सकिन, अनि आँफै सम्हालिएर निर्णय गरे, मरेपनि यहीँ मर्छु घर जान्न, जसोतसो यहीँ पैसा कमाउछु ।’
तेज बहादुरले काम गर्ने कम्पनिका म्यानेजरले पनि सक्छौ भने काम गर भनिदियो । ६ महिनाको भिषा थपेर डायलासिस गर्दै र काम गर्दै, आफु र श्रीमतिको औषधि खर्च जुटाउन थाल्नुभयो । तर मृगौलाले नै काम गर्न छोडेपछि उहाँ पनि गल्दै गएर काम गर्न नसक्ने अवस्था भएपछि नेपाल फर्किनुभयो ।
आफुलाइ क्यान्सर लागेपनि नआँतिन र पैसा कमाएर उपचार गराउछु भनेका श्रीमान नै यतिवेला गम्भीर रोगबाट पिडित बनेपछि भने तोपकुममारीले बाच्ने आशा मार्दै आउनुभएको छ । तोपकुमारीले भन्नुभयो, ‘भरतपुर गएर हरेक दुई महिनामा जचाँउनु पर्छ, आँउन जान, खान बस्न र औषधी किन्न गरेर दुई महिनामा २५ हजार भन्दा बढी खर्च हुन्छ । कहाँबाट ल्याएर उपचार गर्नु सधै, अव घरमै मर्ने हो ।’
श्रीमतीलाइ ब्लड क्यान्सरको उपचार गराइरहेको बेलामा श्रीमानको दुवै मृगौला फेल भएपछि मगर परिवारमा यतिबेला ठुलै संकट आइलागेको छ । तेज बहादुलाइ हरेक हप्तामा दुई पटक मृगौला डाईलोसिस गर्नुपर्छ । ‘डाईलोसिस निशुल्क भएपनि आउन जान, खान बस्न र औषधी खान महिनामा २० हजार भन्दा बढी खर्च हुन्छ ।’ तेज बहादुरले भने, ‘कमाइ सुको छैन यस्तै पाराले कतिदिन बाँचिएला र ।’
गिदेल परिवारको ३ छोरा छन् । जेठो छारो कक्षा ७ मा, माईलो छोरा कक्षा २ मा ज्यामरुङ मामा घर बसेर पढेका छन् । ५ वार्षिय कान्छा छोरा उनीहरु आफैसंग छ । दाजुभाई, आमाबुबा सवै छुट्टाछुट्टै बस्छन् । आफ्नो खेतवारीको उत्पादनले वर्षभरी अघाउने गरी खानपनि पुग्दैन । खेतवारी बेचेरै उपचार गरु भने पनि छोराहरुले के पछि खालान भन्ने पिर छ मगर दम्पतीलाइ । तेज बहादुरले निकै भावुक हुदै भने, ‘हामी २ त कतिदिन बाँचिएला र, हामी मरेपछि बालबच्चाको भने विचल्ली नै हुने भो ।’
तेज बहादुरलाइ एउटा मृगौला दिन उहाँको आफ्नै आमा तयार हुनुहुन्छ तर मृगौला प्रत्यारोपण खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । उपचारमा सघाइदिन नगरपालिका, जिविस लगायत धेरै ठाउँ चहारिसके उनीहरु । कुनै मनकारी दाता भेटिइहाल्छ कि भनेर धेरै ठाउँ हार गुहार पनि गरेका छन । गाउँलेहरुले मिलेर उपचारमा सहयोग पु¥याउन धादिङमा रहेको सानीमा वैंकमा ००४०००१०९८५१२ नम्वरको खाता समेत सञ्चालन गरिदिएका छन ।

Member Comment