स्वास्थ्य चौकी फुलबारीलाई गाउँपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

Aug 6, 2020

सरस्वती बानिया, ओखलढुंगा ।
स्वास्थ्य चौकी फुलबारीलाई पालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । बुधवार एक कार्यक्रमका बीच स्वास्थ्य चौकी फूलबारीलाई चम्पादेवी गाउँपालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ को एक स्थानीय तह एक स्वास्थ्य संस्थालाई पोषणमैत्री संस्था घोषणा गर्ने कार्यक्रम अन्तर्गत चम्पादेबी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा स्वास्थ्य चौकी फुलबारीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताइएको छ ।


पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि चाहिने सबै आधारहरु पुरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री संस्था घोषणा गरिएको चम्पादेवी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य चौकीलाई पालिकाको पहिलो पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्न सफल भएकोमा आफूलाई खुसी फुलबारी स्वास्थ्य चौकीका अहेब ज्ञान बहादुर बस्नेत बताउनुभएको छ । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्न सहयोग पु¥याउने कर्मचारी महिला स्वास्थ्य स्वंयसेविका, वडा अध्यक्ष लगाएत सम्पूर्ण सरोकारवालाहरुलाई उहाँले धन्यवाद दिनुभएको छ । अगामी दिनमा स्वास्थ्य शाखाले अझ थप राम्रो काम गर्ने प्रेरणा मिलेको स्वास्थ्य चौकी फुलबारी का अहेब बहादुर बस्नेत बताउनुभयो ।
पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा चम्पादेबी गाउँपालिकाका अध्यक्ष नबराज केसी, ६ नम्बर वडाका अध्यक्ष तिलक बहादुर खड्का, चम्पादेबी गाउँपालिकाका प्रबक्ता अजय लुइँटेलको लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।