मंगलबार पनि कर्णालीमा थप संक्रमितको संख्या शून्य

सुर्खेत, २० साउन । कर्णालीमा मंगलबार पनि थप कोरोना संक्रमितको संख्या शून्य देखिएको छ । कर्णाली प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शून्य संक्रमण देखिएको हो ।
आइतबार पनि कर्णालीमा थप संक्रमितको संख्या शुन्य रहेको थियो ।
मंगलबार कर्णालीबाट कोरोना निको भएर १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । कर्णालीमा कुल कोरोना संक्रमितको संख्या एक हजार ९४५ मध्ये एक हजार ७४१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन ।
हाल कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८ जना रहेको डा. तिवारीले जानकारी दिए ।