काभ्रेमा रोशी रेडियो श्रोता क्लब गठन

Mar 3, 2018

फाल्गुण १३/काभ्रे, रोशी गाउँपालिका वडा नम्बर ७ मा रोशी रेडियो श्रोता क्लब गठन भएको छ । १७ सदस्यीय श्रोता क्लबको संयोजकको रुपमा यस कुमार परियार चयन हुनुभएको छ ।
क्लबले पारस्परिक जवादेहिताका सवालमा रेडियो सुन्ने, स्थानीय तहमा रहेका जनप्रतिनिधीसँग प्रत्यक्ष सम्पर्कमा रहि शुसासनका क्षेत्रमा सामाजिक हितको काम गर्नेछ । रेडियो श्रोता क्बललाई सामुदायिक सारथिले क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्ने र अवसरहरु प्रदान गर्न सहजिकरण गर्नेछ । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत निर्माण भएका साझाबोली र साथीसंग मनका कुरा कार्यक्रम सुन्ने र सुनेका कुरा ब्यवहारमा उतार्ने उदेश्यले रेडियो श्रोता समुहको गठन भएको हो ।  
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथीको सहयोगमा रेडियो श्रोता क्लब गठन भएको जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिनुभयो । यस भन्दा अगाडि सारथीले पनौती नगरपालिका वडा नं १ र ३ मा रेडियो श्रोता क्लब स्थापना गरिसकेको छ ।