फलोअप स्टोरीः भिरगाउँमा खानेपानी पुग्यो, गाउँले हर्षित

Jun 9, 2018

२६ जेठ, ओखलढुंगा । भिरगाउँमा खानेपानी पुगेपछी अरु गाउँलेझै रामबहादुर मगर पनी निकै खुशी भए । उनको खुशीको सिमा रहेन । यही खुशीयालीमा उनले गित गाउँन भ्याईहाले...

“तामाको घैला, चाँदिको घपना
रात र दिन, लाग्दैन निँद
पानीकै सम्झना”

गाउँमा खानेपानीको धारा आएपछी भिरगाउँकै देवीमाया मगरको पनी खुशीको सिमा रहेन । ‘अरुको घर आगनमा खानेपानीको पाईप लाईन देख्दा हाम्रो त कल्पना मात्र होला जस्तो लाग्थ्यो । हाम्रो गाउँमापनी पाईपमा पानी आयो’ उनले भनिन् ‘गाउँको पानी सुक्दा सबै भन्दा बढी दुःख हामी महिलालाई थियो अहिले पानी आउदा सबैभन्दा बढी हामीनै खुशी छौँ ।’
२४सैँ घण्टा पानीको धारामा पानी भर्न लाईन बस्दाको सम्झना गर्दै देवीमाया भन्छिन ‘पानीको मुहानमै रातभरी कहिले डोकोमा पसेर सुतियो, महिलाले धेरै गह्रौ भारी बोक्नु हुन्न भन्छन् बल्ल बल्ल पालोमा भरेको पानी जोर गाग्री बोकेर उकालो टुईटुई हिडियो ।’ खानेपानीको ऐसेलुखर्क मुहानभै भिरगाउँ चुहान भएपछी रामबहादुर र देवीमाया मात्र होईन भिरगाउँका सबै परिवारमा खुशियाली छाएको छ । उनिहरु हर्षीत छन् । दुःखले पानीको जोहो गरिने भिरगाउँमा अहिले पानीको अभाव छैन् । मज्जाले नुहाउन, लुगाधुन, भाडामाझ्न र गाईवस्तुलाई पानी खुवाउन सकिने दिन आएको छ ।
सुनकोशी गाउँपालीका ५ मुलखर्कको ऐसेलुखर्क मुहान गरी भिरगाउँमा खानेपानी पु¥याइएको हो । स्थानियको श्रमदान सहित गाउँपालीकाको १७ लाख लगानिमा भिरगाउँमा खानेपानी पुगेपछी स्थानियहरुमा खुशियाली छाएको छ । करिब १० किलोमिटर टाढा मुलखर्क देखी पाईपमा ल्याईएको खानेपानी सुनकोशी गाउँपालिका १ भिरगाउँको विचमा झरेको छ । ३२ एमएमको पाईपमा भिरगाउँ पानी आईपुगेको छ ।
गाउँपालिका बाट योजना परेको करिब दुई महिनामै गाउँलेको सक्रियतामा भिरगाउँमा खानेपानी पुगेको हो । उदयपुरको घुर्मीबजारमा पाईप झरेको १९ दिनमा मुहान देखी १० किलोमिटर पाईप ओछ्याई खानेपानी गाउँमा ल्याईएको ऐसेलुखर्क भिरगाउँ खानेपानी आयोजनाका अध्यक्ष सोमबहादुर मगरले बताए । यो खानेपानी आयोजनाबाट भिरगाउँका करिव ५५ घर परिवार लाभान्वीत भएका छन् ।
भिरगाउँमा करिब चार वर्ष अघि वैकल्पीक उर्जाको क्षेत्रमा काम गर्ने संस्था रिमरेक र गाविस तथा स्थानिय संघसस्थाको ३० लाख लगानिमा ओडारे जोर धारा सौर्य उर्जा खानेपानी आयोजना सन्चालन भएको थियो । आयोजना सन्चालन भएको करिब दुईवर्ष पछी खानेपानीको मुहान अचानक सुकेपछी भिरगाउँमा खानेपानीको अभाव श्रृजना भएको हो । खानेपानीको अभाव संगै आवास पुनः निर्माणमा समेत प्रभाव परेको थियो । सिस्नेरीबाट प्रति ट्याक्टर दुईहजारका दरले पानी ओसारेर २६ घरले पुनः निर्माण गरेकाहुन् ।
ओडारेबाट दुई सय छ मिटर उकालो सोह्रंगना आधारभुत विद्यलाय सम्म सौर्य उर्जाको सहायताले मोटर पम्पीङ्ग प्रविधी मार्फत खानेपानी तानिएको थियो । पानीको मुहान सुकेपनी पानी जम्मा गर्ने ट्याङ्की र सोलार पम्प सुरक्षित छ । ऐसेलुखर्क बाट ल्याईएको पानीलाई त्यही ट्याङ्कीमा जम्मागरी पम्पीङ्गगर्ने भिरगाउँबासिको योजना छ ।

जनप्रतिनिधीले गरे अनुगमन
भिरगाउँमा खानेपानी पुगेपछी जनप्रतिनिधिले अनुगमन गरेका छन् । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठ, सुनकाशी गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारी, जिल्ला समन्वय समितीका सदस्य सुन्तला परियार, सुनकोशी गाउँकार्यपालीका सदस्य रेवती सुनुवार सुनकोशी गाउँपालीका १ वडा अध्यक्ष दिपहरी राई लगायतले आयोजनाको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा गाउँपालिका प्रमुख अधिकारीले भिरगाउँबासी लाई खानेपानी खुवाउने सपना पुरा भएको बताउनुभयो । ‘हाम्रो पहिलो प्राथमिकता भिरगाउँमा पानी ल्याउनु थियो पुराभयो ।’ प्रमुख अधिकारीले भने ‘यो काम चाडो सम्पन्न गर्न सन्चार माध्यमले ठुलो भुमिकाम खेलेको छ ।’ भिरगाउँमा खानेपानीको अभावका विषयमा भिजन एफएम र भिजन पत्रिकामा समाचार प्रशारण तथा प्रकाशन भएको थियो ।
सन्चारकर्मीको प्रेरणा र घचघचाईले भिरगाउँको खानेपानीको योजना चाडो सम्पन्न गर्न सहयोग पुगेको गाउँपालिका प्रमुख अधिकारीको भनाई छ । छोटो समयमा यहाँका जनताले आयोजना सम्पन्न गर्नु उदाहरणीय भएको उपस्थित जनप्रतिनिधीहरुले बताएका छन् । भिरगाउँमा खानेपानीको अभावका विषयमा स्थलगत रिपोर्टिङ्ग गरिएको थियो ।