शैलुङ् गाउँपालिकाद्धारा कोरोना रोकथामको लागि भएको खर्च विवरण सार्वजनीक

Jun 25, 2020

असार ११
दोलखा शैलुङ् गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिकाले गरेको खर्च विवरण सार्वजनीक गरेको छ ।
पालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि हाल सम्म ३८ लाख ९९ हजार ५ सय ७० रुपैँया खर्च गरेको शैलुङ गाँउपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले क्वारेन्टिन व्यवस्थापनको लागि १७ लाख ८४ हजार ५ सय ९, स्वास्थ्य चौकी अनुदानतर्फ ९ लाख, प्रहरी चौकी अनुदान तर्फ १ लाख ७५ हजार, राहत वितरण आठ वडामा ८ लाख, भाडा प्रति वडा २० हजारका दरले १ लाख ६० हजार, आरडिटी र बोलेरो भम्रण खर्च ८० हजार गरी हाल सम्म ३८ लाख ९९ हजार ५ सय ७० रुपैँया खर्च भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिकामा खरीद भएका सामग्री तथा संघ संस्था बाट प्राप्त सामाग्रीहरुको पनि विवरण सार्वजनीक गर्ने तयारी छ । यसैगरी पालिकामा रकम सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुको रकम सहित नामवली सार्वजनीक गरिएको छ ।