नाम्फा र लिदि गाउँमा पहिरोको उच्च जोखिम, पहिरोको त्रासले रातभरि सुत्दैनन् स्थानीय

Aug 10, 2020

दिपक खत्री, साउन २६, सिन्धुपाल्चोक
जुगल गाउँपालिका २ नाम्फा र लिदिका बस्ती सिरानमाथि झुण्डिएको जाँतो झैँ जोखिममा परेको छ । बस्तिको तल माथी दुवैतिर अत्यास लाग्दो पहिरो गएपछि उनिहरु दिनभरी घरमा र राति त्रिपालले बारेर बनाएको सुरक्षीत ठाउँमा ज्यान जोेगाउन जाने गरेका छन् । लिदिका स्थानीय निमा लामा आफुहरु भगवान भरोसामै बसिरहेको र ठुलो पानी पर्दा पहिरोमै ज्यान जान्छकि भनि निदाउन समेत नसकेको बताउनुहुन्छ । अत्यास लाग्नेगरि खसेको पहिरो ,गाउँमाथि खस्न ठिक्क परेको बडेमानका ढुंगा, धाजाँ परेर चिरिएको जमिनले बस्ती संगै यहाँका नागरिक ज्यान जोखिममा राखेर बाँची रहेका छन् । हिड्ने बाटो, कमाई गरी खाने खेत ,पाखा पखेरा सबै जमिन धाँजा परेर फाटेका छन् । स्थानीय भन्छन्, ‘कतिबेला बगाउँछ ठेगान छैन, कतिबेला मरिन्छ थाहा छैन’ । जाने कतै ठाउँ छैन, पहिराले बस्ति नै उच्च जोखिममा परेपछि डेढ सय घरका नागरिक सरकारले केहि गर्ला भन्ने आसामा छन् । गाउँमा पहिरो चल्न थालेपछि हेलिकप्टर मार्फत विरामिको उद्धार गर्न पुगेका गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई त्यसपछि स्थानीयले गाउँमा देखेका छैनन् । बलेफी खोलामा निर्माणाधिन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरले बस्ति मुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तिमुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिएका थिए । अहिले बस्ती बस्नै नहुने भएपछि वडा अध्यक्ष प्रताप लामाले सुरुङकै कारण हो वा अरु कारणले भनी भु–गर्भविद्ध ल्याएर अध्यन गरिने बताउनुभयो । तर विज्ञ ल्याएर जमिनको अध्यन गर्न ढिलो गर्न नहुने स्थानीय बताउछन् । स्थानीय निमा लामा विज्ञ आएर बस्तीको अध्यन गर्न ढिला गर्न नहुने बताउनुभयो ।