कृषि मन्त्रि पौडेलको खजुरा कृषि स्मार्ट गाउँको अवलोकन

Dec 31, 2020

रजनी योगी
बाँके १६, पुष

लुम्विनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलले बाँकेको खजुरामा रहेको सितापुर स्मार्ट कृषि गाँउको अवलोकन गर्नुभएको छ । खजुरालाई कृषिमा चिनाउन स्मार्ट कृषि गाँउको भुमिका महत्वपुर्ण रहेको मन्त्रि पौडेलले अवलोकनको क्रममा बताउनुभयो ।

स्मार्ट कृषि गाउँका संयोजक लाल बहादुर खत्रिले सितापुर स्मार्ट गाँउको प्रगति बारेमा मन्त्रिलाई जानकारी गराउनुभएको थियो । स्मार्ट कृषि गाँउका संयोजक खत्रिले किसानले उत्पादन गरे बमोजिम बजार मुल्य नपाउने गरेको गुनासो मन्त्रिलाई सुनाउनुभएको थियो । मन्त्रि पौडेलले किसानका समस्या समाधानका लागी प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताउदै कृषिमा सम्वृद्ध बनाउन स्मार्ट कृषि गाँउले आफ्नो क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रि पौडेलले मन्त्रालयको आगामि योजनाका बारेमा पनि स्मार्ट कृषि गाउँका किसानहरुलाई जानकारी गराउनुभएको थियो । मन्त्रि पौडेलसगै प्रदेश सांसद बाबुराम गौतम, समाजसेवि गोपाल गिरि लगाएतले सितापुर स्मार्ट कृषि गाउँको अवलोकन गरि आवश्यक सुझाव समेत दिनुभएको स्मार्ट कृषि गाउँका संयोजक खत्रिले जानकारी दिनुभयो ।