डडेल्धुरामा १५ प्रतिशत गहुँ उत्पादनमा वृद्धि

ममता भट्ट
जेठ २३, डडेल्धुरा 

डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटक पटक हिमपात भएका कारण डडेल्धुरामा यो वर्ष गहु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

गत वर्ष तुलनामा यो वर्ष डडेल्धुरामा १ हजार मेट्रीक टनले वढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलवहादुर विष्टले जानकारी दिनुभयो । जो प्रति हेक्टरको ०.६ प्रतिशत उत्पादन बढी रहेको प्रमुख विष्टले बताउनुभयाे ।

डडेल्धुरामा ८ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । जसमा बढीजसाे पाखो जमिन रहेकाले गहुँ लगाउँदा देखी गहुँ खेती पाक्दा सम्म समय समयमा वर्षा भएपछि गहुको उत्पादनमा वृद्धि हुने गरेको छ । खाध्यान्नको प्रमुख दोस्रो वालीका रुपमा रहेको गहुँको उत्पादनमा वृद्धि भएपछि डडेल्धुराका किसान खुसी भएका छन् ।