सुदुर पश्चिमकाे भिर्कु टोल छाउपडी गोठमूक्त घोषणामा स्थ्ानीय तहकाे सहयाेग

Mar 11, 2019


फागुन, २७ अछाम
         साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानको भिर्कु टोललाई आईतबार एक कार्यक्रमका विच छाउपडी गोठमूक्त टोल घोषणा गरिएको छ । मनकामाना सचेतना केन्द्र र फुलवारी सचेतना केन्द्रको संयूक्त आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा टोल घोषणा गरिएको हो । मनकामना सचेतना केन्द्रका अध्यक्ष रतन देवी बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख विर्मला बुडथापा रहनु भएको थियो । नगर उप प्रमुख बुडथापाले महिलाहरुको सक्रियतामा छाउगोठ मूक्त टोल घोषणा भए पनि कार्यन्वयन गर्नमा पुरुषहरुले पनि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । नगरमा रहेको विकट टोलले समाजमा रहेको छाउपडी कुप्रर्थाको अन्त्यका लागि छाउगोठ मूक्तको अभियानलाई नगरपालिकाको कार्यालय तथा शहरीया हुँ भन्नि दावि गर्ने स्थानियवासिले सिक्नु पर्ने बताउनु भयो । उहाँले भिर्कु टोलमा सडक, विद्युत विस्तारका लागि नगरपालिकामा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
         यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेकपाका नेता प्रकाश शाहले सामाजिक परिवर्तन विकट क्षेत्रबाट सुरुवात गरेको र यसलाई साँफेबगर नगरपालिकाका अन्य वडाले निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । उहाँले आफु र आफ्नो पार्टीले विकासको गति विकट क्षेत्रबाट सुरुवात गर्नु पर्नेमा जोड दिएको बताउनु भयो । उहाँले भिर्कुको टोलको विकासका लागि पर्यटकिय स्थल धौलछडा,सडक, विद्युत र कृर्षि क्षेत्रका लागि आफ्नो पार्टी र आफु लागि रहेको बताउनु भयो ।
          यस्तै कार्यक्रमका विशिष्ठ अतिथि वडा नं. ११ देविस्थानका वडा अध्यक्ष गणेश बहादुर खडकाले सामाजिक विकास कार्यक्रम सिडीपी द्धारा नागरिक सचेतना केन्द्रले महिला हिँसा विरुद्धको अभियान र महिला सञ्जालको सक्रियतामा छाउगोठ मूक्त टोल घोषणा भएको बताउनु भयो । उहाँले भिर्कु टोलबाट कार्यक्रमको सुरुवात गरी चैत मसान्तसम्म वडा छाउपडी गोठमूक्त गरिने प्रतिबद्धतता जनाउनु भयो ।
कसरी भयो टोल घोषणा ?
       ४० घरधुरी भएको टोलमा दुई गैर दलित र दुई दलितको टोलमा भएका सार्वजनिक छाउपडी गोठ वडा स्तरीय महिला सञ्जाल र स्थानिय महिलाहरुको सक्रियतामा छाउगोठ भत्काए पछी गोठमूक्त टोल घोषणा गर्न सम्भव भएको मनकामना सचेतना केन्द्रका अध्यक्ष रतन देवी बोहराले बताईन । टोल घोषणा गर्न दुई वर्ष अघि देखि नै आफु लगायत महिला सञ्जाल लागे पनि समाजमा रहेको अन्ध विश्वासका कारण समाज परिवर्तन गर्न निकै सकस भयो बोहराले भनिन – बुढापाकाहरुलाई मनाउन दिन प्रतिदिन महिला सञ्जाल र सचेतना केन्द्रका पदाधिकारीहरुले सम्झाई बुझाई गरे पछी बल्ल सम्भव भयो । यस्तै दुई जनालाई पनि राम्रो सँग सुत्न अप्ठ्यारो हुने गोठमा ७÷८ जना सुत्नु पर्ने बाध्याता थियो । अहिले छाउगोठ भत्काए पछी आफ्नै घरमा बस्दा आफु लगायत टोलका यूवतीहरु खुशी रहेको गंगा वोहरा बताउछिन । पहिला छुई (महिनावारी) हुँदा चिसो गोठमा बसेर दिन बित्ने गरेकोमा अब त्यसो नहुने तुल्क्षी बोहराले ब्यक्त गरिन् ।
के छ कानुनी प्रवधान ?
          छाउपडी प्रथालाई कसैले मान्यता दिएमा तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजाय हुन सक्छ । मध्य तथा सुदूरपश्चिममा कायमै रहेको कु–संस्कार अन्त्य गर्न घाउपडी प्रथालाई अपराध घोषणा गरिएको हो । महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई कारबाही हुने भएको छ । छाउगोठमा राख्नेलाई अब अपराध मानेर जेल सजाय वा नगद जरिवाना गराइने भएको हो । यसअघि सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथालाई कु–प्रथाका रूपमा व्याख्या गर्दै यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो । त्यसपछि सरकारको छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्दे्िशका २०६४ जारी गरेको थियो ।
तर निर्दे्िशका हालसम्म पनि कार्यान्वयन भएको छैन । यसअघि कुप्रथाको रूपमा व्याख्या गरिएको छाउपडीलाई अब भने अपराध घोषणा गरिएको छ । मुलुकी ऐन प्रतिस्थापनका लागि संसद्को विधान समितिको विधायन समितिमा विचाराधीन फौजदारी संहितामा विधायन समिति अन्तर्गतको उपसमितिले छाउपडी प्रथालाई कसुर भनेर घोषणा गरेको हो ।
         मध्य तथा सुदूरपश्चिमका केही जिल्लामा महिनावारी र सुत्केरी भएको समयमा महिलालाई घरदेखि टाढा गोठमा राख्ने प्रथा कायमै रहेको छ । महिनावारीका समयमा घरबाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पानीपंधेरो प्रयोग गर्न नपाइने, दही, दुध र घ्यू खान नपाइने, फलफूलजन्य वनस्पति छोए त्यो सुक्नेजस्ता अन्धविश्वासका कारण महिलालाई छाउगोठमा राख्ने गरिएको छ । घरबाहिर बस्नुपर्दा महिलाले बलात्कार, जंगली जनावरको सिकार, सर्पले टोकाइ लगायत समस्या भोग्दै आएका छन् । हाल सम्म छाउगोठ बसेकै कारण अछाममा १३ जनाको ज्यान गईसकेको छ ।