थाहा नगरपालिका जिल्लामा नै उत्कृष्ठ नगर

जिल्ला समन्वय समिती(जिसस)मकवानपुरको पा“चौ जिल्ला सभा आईतबार सम्मपन्न भएको छ । थाहा नगरपालिका जिल्लामा नै उत्कृष्ठ नगरपालिकाको रुपमा घोषणा भएको छ । हेटौडामा भएको पाचौ जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समितीले थाहा नगरपालिकालाई दश स्थानीय तहमामध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा घोषणा गरेको हो ।
    मकवानपुरमा दश स्थानीय तहमा एउटा उपमहानगरपालिका, एउटा नगरपालिका तथा आठ वटा गाउपालिका रहेको छ । जिल्ला सभामा थाहा नगरपालिका उत्कृष्ठ गाउपालिका घोषणा भएसंगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सम्मान पत्र प्रदान गरेका छन् । आर्थिकवर्ष २०७६÷०७७ मा उत्कृष्ठ कार्यसम्पादन गरेको मुल्याङ्कनसहित पौडेलले नगरप्रमुख लवशेर विष्टलाई सम्मानपत्र प्रदान गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि थाहा नगरपालिका नै उत्कृष्ठ गाउपालिका घोषण भएको थियो । दश स्थानीय तहमध्ये इन्द्रसरोवर गाउपालिका दोस्रो तथा मकवानपुरगढी गाउपालिका तेस्रो भएको थियो । जिल्ला सभामा उपस्थीत मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहले त कार्य गरेको छ, संघ, प्रदेश र स्थानीयतहमा आफ्नो भूभिका स्थापित गरेर कार्य गरेको जिल्ला समन्वय समिती(जिसस) को कार्य प्रशंसनिय भएको बताउनुभयो ।
    जिल्ला समन्वय समितीले निर्माण गरेको मापदण्ड, अनुगमण मुल्याङ्कन लगायतको माध्यमबाट गरिएको स्थानीय तहको मुल्याङ्कनको आधारमा उत्कृष्ठ नगरको रुपमा थाहा नगरलाई पुरस्कृत गरिएको हो । थाहा नगरपालिका बेरुजु फछ्यौटमा देशमै उत्कृष्ठ स्थान हासिल गरेको थियो । नगरपालिकाले कोभिड—१९ व्यवस्थापनका क्रममा भएको आम्दानी र खर्चको हिसाव दिनहु“ सार्वजानिक गर्ने गरेको छ । नगरपालिकाको वेवसाईट, स्थानीय संचारमाध्यम तथा सुचना माग्ने सबैलाई सुचना प्रवाह गराईरहेको थाहा नगरपालिकाको सुचना प्रविधी प्रमुख सुरजकुमार भुजेलले जानकारी दिनुभएको छ ।