गुल्मी जिल्लाका १२ वटै स्थानिय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Jun 13, 2021

अम्बिका आचार्यं
गुल्मी, जेठ ३०

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा गुल्मी जिल्लाका १२ वटै स्थानिय तहलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार महासंघ गुल्मीको समन्वयमा अक्सिजन तथा औषधिजन्य सामाग्री हरु हस्तारण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सम्पर्क समितिका उपाध्यक्ष क्रिस गुल्मेली बाबुले जिल्लामा भएका स्थानिय तहहरुलाई आगामी दिनहरुमा पनि यस्ता किसिमका सहयोगहरु जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेसुङ्गा नगरपालिकामा ३९ हजार ३ सय ७५, मुसिकोटमा ५५ हजार ५ सय, मदाने गाउँपालिकामा ४० हजार, कालिगण्डकीमा २ लाख ९४ हजार ७ सय ६८, चन्द्रकोटमा १ लाख २२ हजार ५ सय, सत्यवतीमा १ लाख ४८ हजार ५ सय ५०, गुल्मीदरबारमा ७६ हजार ५ सय, मालिकामा ३५ हजार ७ सय ७०, रुरुक्षेत्रमा ४९ हजार ७ सय, छत्रकोटमा १ लाख ४७ हजार ९ सय ५०, धुर्कोटमा ४९ हजार ६ सय ५० र इस्मामा ४९ हजार ८ सय ५५ रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको उक्त हस्तान्तरण कार्यक्रमका सहसंयोजक केशव भुसाले जानाकारी दिनुभयो ।
मालिका गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिंदै प्राप्त समाग्रीको सहि सदुपयोग हुने बताउनुभयो ।
गुल्मी सम्पर्क समाज कोरियाले पत्रकार महासंघ गुल्मीलाई पनि ९ हजार ७ सय ५० मुल्य बराबरको समाग्री समेत प्रदान गरेको छ र महासंघले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई वितरण गरेको छ ।