योजना निर्माण प्रक्रियामा नागरिक सहभागीतामा जाेड

Jun 10, 2019

अनाेज थारू 

जेठ २६, बर्दिया 

स्थानीय सरकारले पारर्दिर्शता र जवाफदेहितामा जोड दिनु पर्ने र वस्ती स्तरका योजना छनौट प्रक्रियामा नागरिकको सक्रिय सहभागिता गराउनु पर्नेमा बर्दियाका नागरिक समाजले जोड दिएका छन् । सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आयोजित ‘खुला सरकार अवधारणा र नागरिक साझेदारी’ बिषयक अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा क्रियाशिल बिभिन्न नागरिक समाज सघंसस्थाका प्रमुख तथा प्रतिनिधिले अहिलेको बदलिदो परिस्थितिमा नागरिक समाज सकृय भएर सरकारसंग सहकार्य र समन्वय गरि अगाडि बढ्नु पर्नेमा जोड दिइएकाे हाे ।


सो अन्तरक्रिया कार्यक्रममा बर्दिया नागरिक समाजका अध्यक्ष बालकृष्ण ओलीले खुला सरकारको अवधारणा र नागरिक समाजको भुमिका बारे प्रष्ट पार्नु भएकाे थियाे  । बर्दिया नेत्रहिन सघंका अध्यक्ष चिन्तामणी कँडेलले नागरिक समाजको भुमिका थप प्रभावकारी बनाउनु पर्ने देखिएको बताउनुभयाे । साथै उहाँले नागरिक समाज सचेत बर्गको समुह रहेको भन्दै यसले आमनागरिकलाई सुसुचित गराउनुपर्ने विचार राख्नु भएको थियो ।

दलित महिला संघ, बर्दियाका अध्यक्ष हिमा सुनारले नागरिक समाजले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्नु पर्नेमा जाेड दिनुभयाे । साथै उहाँले नागरिक समाज पनि एकजुट भई अगाडि बढनु पर्नेमा जोड दिनुभयो । खुला सरकारः नागरिक साझेदारी अवधारणा बारे जानकारी गराउनको लागि यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले जानकारी दिनुभएकाे थियाे ।