रोल्पामा हेड नेटवर्कका सदस्यहरुलाई अभिमुखीकरण

Mar 20, 2019

चैत्र ६,रोल्पा ।
रोल्पा जिल्लामा रहेका हेड नेटवर्कका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम लिवाङमा सम्पन्न भएको छ । जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र विपदको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको संजाल हेड नेटवर्कका सदस्यहरुलाई सार्वजनिक सेवा प्रवाहका विषयमा अभिमुखीकरण गरिएको हो ।

हरप्लेस नेपालका जिल्ला अधिकृत ऋषिकेश डाँगीले संचालन गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लामा रहेका नागरिक समाज, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी हेड संजालका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार एवं मानवअधिकारकर्मी खेमबहादुर बुढाले नागरिक समाजको परिचय, नागरिक समाजका साझा कार्यभार र खुल्ला सरकारको अवधारणाको विषयमा जानकारी गराउनु भएको थियो ।

सामुदायिक विद्यालयको सेवा निगरानी मापदण्ड र स्वास्थ्य चौकीको सेवा निगरानीका मापदण्डका बारेमा अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा शिक्षा, स्वास्थ्य र कृषि लगायत सार्वजनिक सरोकारका विषयमा समेत छलफल भएको थियो । साथै सामुदायिक विद्यालयको सेवा निगरानी मापदण्ड र स्वास्थ्य चौकीको सेवा निगरानीका मापदण्डका बारेमा अनुगमन गर्ने त्रिवेणी गाउँपालिकामा यही चैत्र महिनामा गर्ने जसको लागि हेड नेटवर्कभित्रका सदस्यहरु मध्ये नागरिक समाज, संघसंस्था, पत्रकार लगायतको टोलीले अनुगमन गर्ने समेत छलफल गरेको छ ।

युएसएआईडी÷एफएचआई ३६० को सहयोगमा हरप्लेस नेपालबाट संचालित पारस्परिक जवाफदेहिता परियोजना रोल्पा जिल्लामा संचालित छ ।