कपिलवस्तुका ३७ कृषक समूहलाई पम्पसेट वितरण

Aug 8, 2019

शारदा केसी

श्रावण २३, कपिलवस्तु 

कपिलवस्तु नगरपालिकाको कृषि सेवा केन्द्रले नगरका ३७ कृषि समुह, कृषक फर्म र कृषक सहकारीलाई पम्पसेट वितरण गरेको छ । एक कार्यक्रमका बिच नगर प्रमुख किरण सिंह, कृषि शाखा प्रमुख भगवानदास गुप्ता, नगरपालिकाका शिक्षा ईकाई प्रमुख हरि प्रसाद ज्ञवाली सहित नगरका जनप्रतिनिधीले ३७ वटा पम्पसेट बितरण गरेका हुन् ।

कुल सात लाख ४० हजारको लागतको ३ ईन्च पानी फाल्ने क्षमताको वाटर कुल पम्पसेट ति समुह र सहकारीलाई बितरण गरिएको हो । नगरपालिकाले उपलब्ध गराएको पम्पसेटका कारण धानखेती, तरकारी खेती र बेमौसमि तरकारी खेतीमा सिचाई गर्न सहजता मिल्ने कपिलवस्तु नगरपालिका ४ पिपरीका कृषक पुरन प्रसाद यादवले् बताउनुभयो । नगरका कृषकलाई खेती पातीका बेला आवश्यक सिचाई पुर्याउनका लागी पम्पसेट बितरण गरिएको नगर प्रमुख किरण सिंहले बताउनु भयो ।