महिला दिवसको अवसरमा २७ जना महिला सम्मानित

दोलखा, फागुन २५

१ सय ९ औँ श्रमिक महिला दिवसको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिकाले असल बुहारी र स्वास्थ्य स्वयंमसेविकाहरुलाई सम्मान गरिको छ ।


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरपारी गाउँपालिकाले वडा नम्वर १ निवासी मनिषा थामी, २ की गोपिनी लामिछाने, ३ निवासी सुनिता कार्की, ४ की गंगा कार्की ५ की निसारा खड्का, ६ की मिठु खत्री, ७ निवासी लक्ष्मी थपलिया, ८ की लक्ष्मी श्रेष्ठ र वडा नम्वर ९ निवासी कमला उप्रेतिलाई नगद ६ हजार रुपैँया सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

उत्कुष्ट महिला स्वास्थ्य स्वयंमसेविकाहरु वडा नम्वर ९ निवासी गोमा थामी, ८ की दुर्गा पाठक, ७ की ज्ञानुमाया शिवाकोटी, ६ की विष्णुमाया थामी, ५ की तारादेवी नेपाली, ४ की दुर्गा खड्का, ३ की अञ्जु खत्री कार्की, २ की लक्ष्मी थापा र वडा नम्वर १ की मनमाया थामीलाई नगद ३ हजार रुपैयाँ सहित समान गरिएको छ ।

कार्यक्रमको अवसरमा गत वर्ष SEE मा उत्कुष्ठ अंक ल्याउनु हुने वडा नम्वर १ की गीता थामी, २ की कल्पना थामी, ३ का कविता कार्की, ४ का अनु कार्की५ का अविना खड्का, ६ का सुष्मा थामी, ७ का विनिता खड्का, ८ का कुस सेढाँई र ९ का जानुका थामी २७ जनालाई नगदसहित सम्मान गरेको हो ।

गाउँपालिकाका महिला तथा बालबालिका संयोजक कल्याणी शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक, वडा नम्वर सातका वडा अध्यक्ष चेत बहादुर खड्का, वडा नम्वर ९ का रामप्रसाद मैनाली, ८ का वडा अध्यक्ष नन्दराज शिवाकोटी, ५ का वडा अध्यक्ष मानसिङ थामी, वडा नम्वर २ का वडा अध्यक्ष नानी पाण्डे, वडा नम्वर ४ का वडा अध्यक्ष केशव ठकुरी, कालिनाग माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक रामप्रसाद मैनाली, गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शिवाकोटी, असल बुहारी मिठु खत्री, उत्कुष्ठ महिला स्वयंमसेविका दुर्गा पाठक, उत्कुष्ठ छात्रा कल्पना थामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।