घोडाघोडीले गलत ठाउँमा डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानियद्धारा पुनः विरोध

Aug 6, 2020

वीरेन्द्र शाह साउन २२ सुखड,
गलत ठाउँमा डम्पिङ साइट बनाउन लागेको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका स्थानियहरुले पुनः विरोध गरेका छन् । वडा नम्बर १० स्थित वीरेन्द्र सामुदायिक बनमा डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

केही दिन अगाढी पनि त्यस ठाउँका स्थानियहरुले विरोद गरेका थिए । बुधबार फेरी थेबै गाउँका स्थानियहरुले वन भित्र राखेका निर्माधिन सामाग्रीहरु तितर बितर गरीदिएका छन् । आफु सगँ कुनै छलफल नगरेर एक्कासी वन भित्र डम्पिङ साइट बनाउने खबर सुने पछि आफुहरुले बिरोद गरेको टिकाराम चौधरीले बताए ।

आफुहरुले संरक्षित गरेको सामुदायक वनमा डम्पिङ साइट बनाउन नदिने उहाँले बताए । मनोमानी ढङ्ग बाट बन क्षेत्र भित्र डम्पिङ साइड बनाउन लागेको उनको आरोप छ । डम्पिङ साइट निर्माण हुँदा पछि दुर्गन्धका कारण घरमै बस्नका लागि दिर्घकालिन समस्या आउन सक्ने स्थानिय गोमा चौधरीले बताईन ।

डम्पिङ साइटमा आगो लगाउँदा पलास्टिक जन्य बस्तु समेत जल्ने भएकाले सो क्षेत्रका स्थानीयलाई झनै समस्या हुने उनिहरुको भनाई छ । प्रदेश सरकारको १६ लाख बजेटमा त्यस ठाउँमा डम्पिङ साइट बनाउन थालिएको हो । सामुदायिक बनका अध्यक्ष सुरेश कठायतले भने सबै सगँ समन्वय र छलफल गरेर नै डम्पिङ साइट बन्न लागेको उनले जानकारी दिए ।

सामुदायिक वनले डम्पिङ साइट बनाउने कुनै निर्णय नगरे पनि जनप्रतिनिधि,सरोकारवाल व्यक्ति, बुद्धिजिवी र स्थानियहरुको सहमतिमा काम अगाढी बढेका उहाँले बताए । सम्बन्धित व्यक्तिहरू लाई यस बिषयमा सोधेर काम अगाडी बढाएको सुरेश कठायतले बताए ।१ सय ३२ घर धुरीको हस्ताक्षर पत्र सहित डम्पिङ साइट निर्माण प्रकृया रोक्न आफुलाई लिखित उजुरी आएको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताए ।

गाउँका भल्मन्सा टिकाराम चौधरी संयोजकत्वमा आफुलाई उजुरी आएको उनले बताए । कस्ले गरेको, किन गरेको र कस्को संलग्नतामा काम भईरहेको छ,भनेर आफुले वनका अध्यक्षलाई लिखित रुपमा जबाफ मागेको उनले बताए । डम्पिङ साइट निर्माणका लागी सब डिभिजन वन कार्यालय सगँ कुनै छलफल नभएको उनले बताए । वडा नम्बर १०को वडा कार्यालयले भने लिखित सहमती नभए पनि सबको मौखिक सहमती अनुसार नै काम अगाढी बढेको कार्यालयले जनाएको छ ।