हरप्लेस नेपालद्वारा होली मिलन कार्यक्रम

Mar 20, 2019

चैत्र ६,रोल्पा ।
हरप्लेस नेपाल रोल्पाले होलीको अवसरमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रंग अबीर दलेर फागुपूर्णिमा पर्बको शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्लाका नागरिक समाज, संघसंस्था, संचारकर्मी, व्यापारी, कर्मचारी, एवं शुभचिन्तक र विभिन्न पेशाकर्मीको समेत सहभागिता रहेको थियो । होली मिलनमा एक अर्कावीचमा शुभकामना आदान प्रदान गर्न लिवाङको टुडिखेल, वीचबजार, पिपलचौतारा, सात्तालेसम्म गएको थियो । प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीसंग शुभकामना आदानप्रदान गरी यस वर्षको होली समापन गरिएको छ ।