‘विद्यालय राजनिति गर्ने थलो होइन’-शिक्षाा मन्त्री पाेखरेल

Jan 8, 2019

मोहसिन अलि मियाँ
गोरखा
संघिय सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विद्यालय राजनिति गर्ने थलो नभएको बताउनुभएकाे छ। गोरखाको शहिद लखन गाउँपालिका ९ स्थित जनशक्ति मावि नाम्जुङमा भुकम्पपछि जाईकाको ऋण सहयोगमा निर्माण भएको भबन उद्घाटन गर्दै उनले विद्यालयमा राजनीतिकरण हुँदा नतिजा बिग्रिएको बताउनुभएकाे हाे । ‘विद्यालयमा शिक्षकहरु राजनिति गर्न आउने होइन, पढाउन आउने हो, शिक्षा दिन आउने हो’ मन्त्री पोखरेलले भन्नुभयाे ‘राजनितिले पढाई ध्वस्त बनायो ।’

सामुदायिक विद्यालयको स्वामित्व कसले लिने भन्ने अन्यौल रहेको बताउँदै मन्त्री पोखरेलले देशभरीकै अधिकांश विद्यालयको अवस्था उस्तै रहेको बताउनुभयाे । ‘आजका बालबालिका भोलीका राष्ट्र निर्माता हुन्, उनिहरुको भविश्यमाथी खेलवाड गर्ने अधिकार कसैसंग छैन’ उहाँले भन्नुभयाे राजनिति गर्न विद्यालय बस्नु पर्दैन, फिल्डमा आउनुस् ।’

दुई वर्ष भित्र देशभरका सबै पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने र जिवनउपयोगी सिप विषय विद्यालय तहमा पढाउने योजना रहेको मन्त्री पोखरेलले बताउनुभयाे । पाँच करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको सो विद्यालय निर्माणको जिम्मा डाँफे कन्ट्रक्सनले जिम्मा लिएको थियो । दुई वर्षमा भवनको निर्माण पुरा भएको हो ।