सिन्धुलीमा परालको चप्पल बनाउदै नगरका महिला

कमल सरला सुनुवार

माघ ९ सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका ५ चिसापानीमा नगर भित्रका १० जना महिलाहरुले  परालको चप्पल बनाउदै छन् । कमलामाई नगरपालिका सिन्धुलीको  सहयोगमा सौगात लघु उद्यम सहकारी संस्थाले सिन्धुलीमा बिहीवार देखि सञ्चालन गरेको तालिममा सहभागि भएर उनीहरुले परालको चप्पल बनाई रहेका छन् । नगरले महिला उद्यमीहरुको लागि स्थानीय स्तरमानै रहेको कच्चा पदार्थको प्रयोग गरेर घरमानै बसेर स्वरोजगार बन्न चाहाने उद्यमी महिलाहरुको लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको हो ।

फुर्सदको समयमा महिलाहरुले घरमानै बसेर परालको चप्पल बनाएर आयआर्जन गर्न सक्ने सौगात लघु उद्यम सहकारी संस्थाको अध्यक्ष बिमला थापाले बताउनुभयो । उत्पादन भएकोे चप्पल बिक्रि बितरणका लागि लघु उद्यम सहकारीले नै खरिद गरिदिने भएकोले बजारिकरण लागि सहज हुने उहाँको भनाई थियो ।