कपिलवस्तुमा “नयाँ लुगा, न्यानो लुगा ” अभियान सञ्चालन

Nov 12, 2020

कपिलवस्तु, २७ कार्तिक -
कपिलवस्तुमा “नयाँ लुगा, न्यानो लुगा” अभियान सञ्चालन भएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानियस्तरमा सहयोग जुटाई अभियान सदरमुकाम तौलिहवामा पनि अभियानलाई सञ्चालन गरेको हो । अभियान अन्तर्गत कार्तिक पुर्णीमा सम्मको अबधीमा १ सय ५५ परिवारका गरिब बिपन्न ६ सय जना बढिलाई नयाँ न्यानो लुगाँ दिईने छ । अभियानले तत्कालका लागी कपिलवसतु जिल्ला र रुपन्देहीको मर्चवार क्षेत्रका वास्तबिक गरिब बिपन्नलाई अभियान अन्र्तगत जाडोको लागी नयाँ न्यानो कपडा उपलब्ध गराउने छ । अभियान शुरुवातका क्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले कपिलवस्तु बाल गृहका २९ बालकलाई जाडोको लुगा खरिद गरे बापत बाल गृह प्रमुखलाई नगद ४० हजारकोे चेक हस्तान्तरण गरेर कार्यक्रम उदघाटन गर्नु भएको थियो ।

Image may contain: 1 person, outdoorकार्यक्रममा नगरपालिका क्षेत्रमा गरिब र बिपन्न परिवारका १ सय बढिलाई लुगा बितरण गरिएको थियो । कोरोना संक्रमणका बेला बिपन्न र गरिबहरु मर्कामा परेका बेला अभियानले नागरिकस्तरमा राम्रो सुचना प्रवाह गरेकोले अभियानलाई बृहत रुपमा सञ्चालन गर्न आवश्यक रहेको कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलले बताउनु भयो । आफुहरुले कोरोना संक्रमण शरु भए लगत्तै परियोजनाका बिभिन्न दात्रृ निकायको सहयोगमा ६ सय १५ जनालाई खाधान्न सहयोग गरेको माहुरी होमका अध्यक्ष रबि ठाकुरले जानकारी दिनु भयो । सो सगै स्थानियस्तरको सहयोगमा फुड बैङ्क सञ्चालनमा ल्याई थप १ सय ५५ जनालाई खाधान्न र अन्य सहयोग गरिएको ठाकुरले स्पष्ट पार्नु भयो ।

Image may contain: 1 person