ग्रामिण महिला जागरण सञ्जालद्वारा मोलुङमा स्वास्थ्य सामाग्री सहयोग

Jul 24, 2020

सरस्वती वानिया । ओखलढुङ्गा । ग्रामिण महिला जागरण सञ्जाल ओखलढुंगाले आफ्नो कार्य क्षेत्र भित्र रहेको स्थानिय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । सञ्जालले मोलुगं गाउँपालिकाको वडा नं. १ कुन्तादेवि र मोलुंग गाउँपालीका कै वडा नं. ७ पात्लेमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

गत आईतवार एक कार्यक्रमका विच सञ्जालले ९ सय वटा माक्स , २ सय थान हात धुने साबुन, ४३ थान स्यानिटाइजर र ३ सय थान ग्लोब्स वितरण गरिएको सञ्जालकी कार्यक्रम संयोजक विमला धमलाले जानकारी दिनुभयो । विदेश लगायत अन्य शहरबाट आएर क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई लक्षित गरी सामाग्री वितरण गरिएको सञ्जालका सचिव लक्ष्मी कार्कीले बताउनु भयो ।

गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइन र विद्यालयलाई लक्षित गरि सेनिटरी प्याड समेत वितरण गरिएको सञ्जालकी सचिव कार्कीले बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्ररणमा सहयोग पुर्याउने उद्देश्यले सामाग्री वितरण गरिएको सञ्जालले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मणिराज राई, उपाध्यक्ष हेम कुमारी तामागं लगायत वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप कुमार वानिँया, र ७ नम्बर का वडा अध्यक्ष हेम बहादुर सुनुवारको सहभागीतामा स्वास्थ्य सामाग्री वितरण गरिएको ग्रामिण महिला जागरण सञ्जाल ओखलढुंगाले जनाएको छ ।