विद्यालयमा स्वास्थ्य परिक्षणको लागि सरोकारवाला सहकार्यकोे प्रतिवद्धता

Jul 31, 2018

सोम गुरुङ्ग

श्रावण १५, बाँके 

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रको सक्रियतामा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाको वडा नं.१, २ र ३ मा शिक्षा, स्वास्थ्य र कृषिको विषयमा बृहत छलफल भएको छ ।

उक्त छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले आफनो वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्नको लागि प्र.अ. तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुसंग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

विद्यालयमा स्वास्थ्य परिक्षणको लागि सरोकारवाला बिच सहकार्यकोे खाँचो रहेको स्थानीय सभाका सदस्यहरुले आआफनो टोलमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको पहिचान र अध्ययन गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
साथै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, कार्यालयको सकृयतामा गठन भएको स्थानीय सभाका संयोजक हरि बहादुुर घर्तीले सबै नागरिक समाज लागेर आफनो स्थानीय ठाउँलाई सुशासनमय बनाउनु पर्ने र सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्नको लागि पैरवी गर्ने बताउनुभयो ।

त्यसैगरि नवनिर्वाचित महिला वडा सदस्य चन्द्रकला विकले सबै भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमामा जोड दिनुपर्ने र शिक्षाको क्षेत्रमा सुधार ल्याउनु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब रामदास थारुले स्वास्थ्य केन्द्रमा विगत १ बर्षदेखि एक्सरे मेशिन जडान भएपनि प्राविधिक नभएर त्यो सुविधा दिन नसकेको जानकारी गराउनुभयो । उहाँले त्यसै गरि कार्यालयमा टेलिफोन जडान नहुदाँ ईन्टरनेटको सुविधा नहुदाँ स्वास्थ्य बिमामा पनि तथ्याकं राख्न समस्या भएको बताउनुभयो । यो समस्याको लागि स्थानीय सभाबाट वडा कार्यालय, गाउँपालिका कार्यालय र जिल्ला तहमा पैरवी गर्ने योजना बनाएका छन् ।
यस स्थानीय सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरुको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासंग समन्वय र सहकार्य गरि कार्यमा प्रभावकारिता बनाउन पहल गर्ने सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले बताउनुभयो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सो स्थानीय सभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका योजना वनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका प्रोगाम म्यानेजर रविन्द्र कुमार ज्ञवालीले बताए ।

त्यसै गरिर सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ साविक जमुनीमा शिक्षा, स्वास्थ्य र कृषिको विषयमा स्थानीय सभामा पनि बृहत छलफल गरेको छ । सो छलफलमा वडा नं.१ का वडा अध्यक्ष शेर बहादुर थापाले सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण हुनु पर्नेमा जोड दिनुभयो भयो । समय समयमा स्वास्थ्य परिक्षण गरियो भने विद्यार्थीहरुको समस्या बारे पूर्व जानकारी थाहा हुदाँ पढाईमा समेत सहयोग पुग्ने बताउनुुभयो ।

त्यसै गरि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम बहादुर गुरुङले गुणस्तरीय शिक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारुप निर्माण भएको बारेमा जानकारी गराउनुभएको थियो । सो प्रारुपमा बर्षको कम्तीमा १ पटक स्वास्थ्य परिक्षण हुनु पर्ने प्रावधान गरिएको छ ।

वडा नं.२ का वडा अध्यक्ष काजिमान सुनारले विद्यालयलमा प्रत्येक बालबालिकाहरुलाई स्वास्थ्य परिक्षण गर्ने वातावरणको लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो । सो बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरि समाधानका उपायहरु पत्ता लगाउन सो छलफल गरिएको थियो । सो समुहले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको अध्ययन गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

साथै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, कार्यालयको सकृयतामा गठन भएको स्थानीय सभाका सदस्य नर बहादुर कार्कीले सबै नागरिक समाज लागेर आफनो स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई लाई सुशासनमय र जवाफदेही बनाउनुपर्ने बताए । त्यसैगरि नवनिर्वाचित महिला वडा सदस्य संगिता रोकाय, मंगलादेवी तामागंले सबै भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमामा जोड दिनु पर्ने र शिक्षाको क्षेत्रमा सुधार ल्याउनु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख चेतनारायणा काफलेले स्वास्थ्य परिक्षणको लागि आफनो कार्यालयबाट जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै हाल स्वास्थ्य केन्द्रमा चौबिसै घण्टे प्रसुती सेवा सन्चालन भएको समेत जानकारी दिनुभयो । वडा नं. १ र २ का सचिव फनिन्द्र शर्माले सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्न अति आवश्यक रहेका बताउनुभयो ।

यस स्थानीय सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरुको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासंग समन्वय र सहकार्य गरि कार्यमा प्रभावकारिता बनाउन पहल गर्दछ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सो स्थानीय सभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका योजना वनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले जनाएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो । सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याहरुको पहिचना गरी सो त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरु जिल्लामा गठन भएको सार्वजनिक तथा नीजि समूहमा छलफल गरिनेछ ।