४० लाखको लागतमा दुध संकलन केन्द्र स्थापना

Jan 11, 2020

बिकास थापा,कपिलवस्तु २६ पुष ।
जिल्लाको कपिलवस्तु नगरपालिका ९ निग्लिहवामा दुध संकलन केन्द्र स्थापना भएको छ । निग्लिहवामा रहेको साना किसान कृषि सहकारी संस्थाले ४० लाखको लागतमा दुध संकलन केन्द्र स्थापना गरेको हो । संस्थाको तेस्रो साधारण सभाको अबसरमा प्रदेश ५ का सासंद बिष्णु पन्थीले केन्द्रको स्थापना गर्दै देशको निर्णायक भुमिकामा महिलाहरुको क्षमतामा पुरुष भन्दा कुनै कमी नभएको बताउनुभएको छ । सहकारीमा ९० प्रतिशत महिलाहरु आवाद्ध रहेका छन । सांसद पन्थीले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता उत्साह जनक भएको बताउदै सहरकारीको सहुलियत दरको ऋणको सदुपयोग गरी किसानहरु व्यवसायिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा शुशासन र आर्थिक पारदर्शि हुनुपर्ने बताउदै सांसद पन्थीले आर्थिक बिकासमा सहकारीको भूमिका अपरिहार्य रहेको औल्याउनुभयो ।

सोही कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका नगर प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ताले अव समृद्ध कपिलवस्तु नगरपालिकाको आधार निर्माण गर्न सहकारीका महिलाहरु एकजुट भएर लाग्नुपर्ने स्पष्ट पार्नूभएको छ । संस्थाका अध्यक्ष शसिकला मौर्याको अध्यक्षता र उपाध्यक्ष कमला आचार्य पौडेलेको स्वागत मन्तब्यमा भएको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष शिब वागले ,१० का अध्यक्ष मोहनलाल शर्मा , सहकारी संघका केन्द्रिय सदस्य कुमार मधु बेल्बासे , मातलोत कार्यालय कपिलवस्तुका प्रमुख ऋषिराम पौडेल , कृषि सामग्री कम्पनीका प्रमुख दिनेश शर्मा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रबन्धक बसन्त मुराउले गर्नुभएको थियो । कार्यक्रममा संस्थाले गरेको नाफा १० लाख ५९ हजार ८ सय र ५ करोड ६४ लाख ८४ हजार ८ सय बराबरको आर्थिक आयब्यय प्रस्तुत गरिएको थियो । यस्तै संस्थाले यसबर्ष २२ लाख ७० हजार १ सय १० कमाउने लक्ष्य राखेको छ ।