सुपथ मूल्य पसल सञ्चालन घोषणामै सीमित

Oct 3, 2019

बैतडी, असोज १६

नेपालीहरुको मुख्य चाडपर्व दशैं सुरु भएको छ । तर सरकारले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशमा भने अझै सञ्चालनमा आउन सकेका छैनन् । यस बर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भएपनि सुदूरपश्चिममा भने अझै सञ्चालनमा आउन नसक्दा उपभोक्ता समस्यामा परेका छन् ।
बिगतका बर्षहरुमा दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुदैं आएको थियो । तर सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न नसकेका साल्ट टे«डिङ कर्पोरेशन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिनुभयो ।


साल्ट टे्डिङ कर्पोरेशनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कर्पोरेशनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर,बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो । यस बर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भएपनि ३ हप्ता बढी भएपनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अझै आउन सकेका छ्रैनन् । दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ ।


उपभोक्तालाई सहुलियत मूल्यमा बस्तु बिक्री गर्ने गर्ने उद्देश्यसहित सञ्चालनमा आउने सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा समस्या भएको हाे । साल्ट टे«डिङ कर्पोरेशनका सूचना अधिकारी जोशीका अनुसार अनलाईन बिलिङले गर्दा समस्या भएको बताउनुभयो । आन्तरिक राजश्व कार्यालयले अनलाईन बिलिङ काटेर मात्रै सामग्री बिक्री गर्न भनेको छ उहाले भन्नुभयो “सुदूरपश्चिममा साल्ट टे«डिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा अनलाईन बिलिङ काट्न समस्या छ ”
कम्प्युटर, सफ्टवेयर र इन्टरनेट लगायतका उपकरणको समस्याले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न सकिएको छैन् । यस बिषयमा आन्तरिक राजश्व कार्यालय र मुख्यमन्त्रीसंग अनुरोध गरेका छौं उहाँले भन्नुभयो“अहिले हाते बिल काटेर पछी धनगढीमा एकै पटक इन्ट्री गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं”। आन्तरिक राजश्व कार्यालयले ३५ करोडभन्दा माथिको कारोबार गर्ने संस्थालाई अनिवार्य अनलाईन बिलिङ गरेको उहाले बताउनुभयो । उहाले भन्नुभयो “कम्युटरमा दक्ष जनशक्ति समेत नहुँदा समस्या भएको छ ”। सुपथ मूल्य पसलको लागी नून यसअघिकै मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआएकाले सम्वन्धित डिपोमा नपठाएको साल्ट टे«डिङ कर्पोरेशन अञ्चल कार्यालय धनगढीले जनाएको छ ।


महँङ्गो मूल्यमा सामान किन्दै उपभोक्ता
दशैं सुरु हुँदा समेत सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा महँङ्गो मूल्यका सामान खरिद गर्नुपर्दा यहाँका स्थानीय बासिन्दा आक्रोशित भएका छन् । चाडपर्वलाई लक्षित गरि खुल्ने सुपथ मूल्य पसल दशैं सुरु हुँदा समेत सञ्चालनमा नआउँदा उपभोक्ता आक्रोशित भएका हुन् ।
चाडपर्वको बेला सहुलियत मूल्यमा सामान किन्नको लागी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै हात फर्किनुपरेको स्थानीय बसन्त विष्टको भनाई छ। सुपथ मूल्यका पसल सञ्चालन नहुँदा बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्नुपरेको छ । नागरिकले पाउने सुविधाबाट समेत बञ्चित भएका छन् ।
सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै फर्किनुपरेको पाटनका स्थान्ीय दिनेश विष्टले बताउनुभयो । सुपथ मूल्य पसलमा बजारको दररेट भन्दा कम्तीमा पनि १० रुपैंया कममा दैनिक उपभोग्य बस्तु उपलब्ध हुने गरेको छ ।
बजारमा हाल चिनी रु ९० देखि १०० सम्म र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । सुपथ मूल्य पसलमा भने चिनी प्रतिकिलो ७२ र नून प्रतिकिलो १८ रुपैंयामा बिक्री हुन्छ ।

डिपो कार्यालयका कर्मचारी अन्योलमा
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका साल्ट टे«डिङ कर्पोरेशन डिपो कार्यालयका कर्मचारी सुपथ मूल्य पसल सञ्चालनमा नआँउदा अन्यौलमा छन् । डिपोमा नून भएपनि सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन नदिएकाले बिक्री गर्न नसकिएको साल्ट टे«डिङ कर्पोरेशन डिपो कार्यालय पाटनका प्रमुख नरेन्द्र धामीले बताउनुभयो । सुपथ मूल्य पसल सञ्चालन कहिले आउछ भने सोध्ने गरेको र सञ्चालनमा नआएकोले फर्किने गरेका छन् । उहाँले भन्नुभयो “माथिवाट सुपथ मूल्य सपल सञ्चालनको अनुमती नआँउदा भएको सामान समेत बिक्री गर्न समस्या छ ”
पाटनमा हाल ३८० बोरा नून मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा नआएको डिपो प्रमुख धामीको भनाई छ ।
सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्वलाई लक्षित गर्दै हरेक बर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
गत बर्ष पाटनमा दशैंको घटस्थापना भन्दा १३ दिन अगाडी असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको थिए ।