महिलाहरुको न्यायमा पहुँचका लागी नागरिक सञ्जाल

Sep 29, 2019

धनगढी । विकास र सामाजिक परिवर्तनका लागी सञ्चार (एफएमडिसी) को आयोजनामा महिलाहरुको न्यायमा पहुँचको अवस्था र नागरिक समाज संस्थाहरुको भुमिका बिषयक छलफल कार्यक्रम आईतबार धनगढीमा भएको छ ।
विकास र परिवर्तनका लागी सञ्चार (एफएमडिसी) का कार्यकारी निर्देशक उमिद बागचन्दले कानुन अनुसार पिडितलाई न्याय दिन सक्नुपर्ने कुरामा संस्थाहरु सक्रिय हुनु आवश्यक भएको रहेको बताए ।
‘न्यायका लागि पीडित महिलाहरुका पक्षमा वकालत गर्नुपर्ने छ’ उनले भने । ‘त्यसका लागि राजनीति, धर्म, जात र क्षेत्र भन्दा माथि उठेर सरकारी तथा गैर सरकारी संस्थाले काम गर्न आवश्यक छ ।’
जिल्ला प्रहरी कार्यालायका महिला तथा बालबालिका सेलका प्रमुख खेमराज पन्तले घरेलु हिंसाका घटनाहरु, घरेलु हिंसा वाहेक घट्नामा जाहेरी नै आवश्यक पर्छ । ‘जाहेरी नभएको घरेलु हिंसाका घट्नामा २४ घण्टा भन्दा बढी थुनामा राख्नु मिल्दैन्’ उनले भने ।
महिलामैत्री कानुन अझै बन्न नसकेका अधिकारकर्मीहरुको भनाई छ । महिलाका मुद्धा हुनलाई चोट नै हुनुपर्ने कानुनी अवस्था भयो ।’ मानव अधिकारका लागि महिला एकल महिला प्रदेश संयोजक वेद अवस्थीले भनिन् । ‘मानसिक चोट भएकाहरुको पक्षमा कानुन आएन ।’ मुलुकमा ३ तहको सरकार आएपछि झनै समस्या आएको उनको भनाई छ । ‘पहिले पहिले विभिन्न संस्थाहरुको नेटवर्क थिए’ अवस्थीले भनिन् । ‘तर, मुलुक स्थानीय तहमा गएपछि नेटवर्क नै छैन् ।’ महिलाहरुमा एकल महिलाहरु अझ पिडीत रहेको उनको भनाई थियो ।
महिला अधिकारकर्मी अम्बिका भण्डारीले पीडित पक्षमा वकालत गर्न आवश्यक रहेको बताइन् । महिलाहरुका आन्तरिक पीडा अझै वाहिर आउन नसकेका सहभागिहरुको भनाई छ ।
काम गर्ने संघ संस्थाहरु भएपनि सहकार्य एकता अझै नभएको दलित अधिकारकर्मी निर्मला विसीको भनाई छ । समाजमा पुरुषहरुले छोड्पत्र गर्न खोज्ने तर, महिलाहरु तरुचाउने मुद्धा धेरै बढेका उनले बताइन्् । यौन हिंसाका सवालमा पुरुष शारीरिक सम्बन्ध घर भन्दा वाहिर राखेमा समाजले सामान्य रुपले लिने तर तर, महिलाले वाहिर शारीरिक सम्बन्ध राखेमा विवाद आउने गरेको देखिएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।
अधिकारकर्मी उन्नती चौधरीले महिलाहरु नै दुई धारमा बाँडिएको बताईन । समाजमा रहेका दुई धारलाई एक ठाउँमा ल्याएर छलफल हुन आवश्यक रकेकोमा जोड दिइन् ।
सिविन नेपाल सिनियर फिल्ड वर्कर धनगढी हरिलाल चौधरीले महिला हिंसाका घट्नामा बालबालिकाहरु पनि जोडिएकाले साझेदार संस्थाहरु बीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

स्वागत मन्तव्य रसुता जैरुले गरेको कार्यक्रमको अध्यक्षता महिला अधिकारकर्मि निर्मला बागचन्दले गरेका थिए ।
महिलाको अधिकारको क्षेत्रमा पिडित महिलालाई न्याय दिने उदेश्यले न्यायमा पहुँचका लागी नागरिक सञ्जालको गठन गरिएको छ । जसको संयोजकमा अम्बिका भण्डारी, उप संयोजक निर्मला रिजाल रहेका छन् ।
यस्तै सदस्यमा उन्नती चौधरी विनिता सिजापती, निर्मला बागचन्द, सुशिला शाही, निर्मला बिसी, रसुता जैरु, यसोधा सिलाधर, बसन्ती सापकोटा, लगायत २२ सदस्यिय कमिटी गठन गरिएको छ ।
कार्यक्रम औपचारिक तरिकाले गरिएपनि अध्यक्ष बाहेक अन्य सहभागीहरुको आशन ग्रहण एकै साथ गरिदा सधैको भन्दा फरक तरिकाले गरिएको थियो । कार्यमक्रको सञ्चालन अभियान अधिकारी निराजन परियारले गर्नुभएको थियो ।