स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवालाहरु एक भएर बढ्ने प्रतिवद्धता

Nov 8, 2019

जयराज अवस्थी,बैतडी,कात्र्तिक २२
दशरथचन्द नगरपालिकाको सभाहलमा भएको साझा सभा कार्यक्रममा बैतडीको स्वास्थ्य क्षेत्रमा देखीएका समस्या र चुनौतीहरुको समाधानका लागी सरोकावालाहरुसंग छलफल गरीएको हो ।

पारस्परीक जवाफदेहीता परीयोजना अन्र्तगत संञ्जीवनी नेपालले आयोजना गरेको साझा सभा कार्यक्रममा बैतडीको स्वास्थ्य क्षेत्र सुधारका लागी स्थानीय सरकार,नागरीक समाज संस्थाहरु र स्थानीय नागरीकहरुले मिलेर काम गर्नुपर्ने स्थानीय सभाका संयोजक तिलक बोहराले बताउनुभयो । पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भइरहेको समुदायबाट गुनासो आइरहेकोले यसको समाधानका लागी सम्बन्धि पक्षले जिम्मेवार भइ काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम चन्दले कर्मचारीहरुले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्र औषधी व्यवस्थापन लगायत अन्य सेवाहरु नागरीकहरुलाइ सहज रुपमा प्रदान गर्न कर्मचारीहरुको मुख्य भुमिका रहने भएकाले नागरीकहरुलाइ गुणस्तरीय सेवा दिन आफुले पहल गर्ने दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र सिह थापाले बताउनुभयो ।
उक्त कार्यक्रमा संञ्जिवनी नेपालका प्रमुख नितु भट्ट,दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख,शिक्षा शाखा प्रमुख,वडाअध्यक्ष,वडासदस्यहरु,स्थानीय सभाका सदस्य,श्रोता क्लबका सदस्यहरु लगायत अन्य स्थानीय नागरीकहरुको समेत सहभागीता रहेको संञ्जिवनी नेपालका जिल्ला कार्यक्रम अधिकृत दमयन्ति चन्दले बताउनुभयो ।