गुल्मीमा पहिरोले पुरिएर ९ जनाको मुत्यु

Jul 23, 2019

श्रावण ७, गुल्मी
गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा गएरातिदेखि परेको वर्षाको कारण पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ भने पहिरोमा परि ४ जना हराईरहेका छन् । पहिरोले घर वगाउँदा सत्यवती गा.पा. वडा नं. ४ को लिम्घामा मा ६ जना र वडा नं. ३ को लुम्पेकमा ३ जना को मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
सत्यवती गा.पा. वडा नं. ४ का वडाध्यक्ष दान वहादुर रानाका अनुसार २ सय मिटर माथिवाट आएको पहिरोले घर वगाउँदा मृत्यु हुनेमा ३२ वर्षीय निर्मला वि.क.,२९ वर्षीय पम्फा वि.क., १२ वर्षीय अन्जली वि.क., ५ वर्षीय हिमांसु वि.क.,७० वर्षीय छली वि.क.र ९ वर्षीय सीवानी वि.क. रहेका छन् । लगातारको वर्षाका कारण गएराति ३ वजेतिर पहिरो जाँदा ३ वटा घर वगाएको थियो । पहिरोले सूर्यलाल पौडेल,चन्द वहादुर वि.क.,रिता वि.क.,बन बहादुर वि.क., परी वि.क.को घरसमेत पुरीएको छ तर पहिरो आएको थाहा पाएपछि उनीहरु भागेर वाँच्न सफल भएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँका अनुसार अरु २० घरधुरी र १ स्कूल पहिरोको जोखिममा परेका छन् ।
त्यस्तै वडा नं. ३ को लुम्पेकमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलकुमारी तरामु र उनका छोराहरु दर्शन तरामु र दुर्गा तरामु रहेका उद्दारमा खटिएका सशस्त्र प्रहरीका प्रमुख दिनेश रायमाझीले जानकारी दिनुभएको छ । मृतक तिल कुमारीका छोरीहरु करिष्मा र धनी तरामु दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको जानकारी प्राप्त भएको छ । पहिरोसँगै सडक अवरुद्ध हुँदा घाइतेहरुको उपचारमा असहजता भएको वडाध्यक्ष रुक बहादुर रानाले वताउनुभयो । सोही पहिरोमा रुद्र वहादुर वि.क.को घर भत्कीदा वेपत्ता भएका माया वि.क.र बवि वि.क.को खोजी भइरहेको वडाध्यक्ष रानाले जानकारी दिनुभएको छ । वडा नं.३ को लुम्पेकमा प्रहरी नायव उपरीक्षक मिन घले र सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली र वडा नं. ४ को लिम्घामा इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक राधेश्याम सहितको प्रहरी टोली राहत तथा उद्दारमा खटिएका छन् ।
अम्विका आचार्य,गुल्मी ।