घोडाघोडी नगरपालिकाको १२ करोड ८७ लाख बराबरको बजेट फ्रिज

Aug 12, 2019

वीरेन्द्र शाह

श्रावण २७, सुखड

कैलालीको घोडाघोडी नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६का लागि विनियोजन गरेको  २२ करोड ७४ लाख ५३ हजार ५ सय ९५ पूँजीगत बजेट मध्ये  १४ करोड १२ लाख ५० हजार ५ सय ४८ रुपैया मात्रै खर्च गरेको छ । नगरपालिकाको लेखा शाखाले दिएको जानकारी अनुसार नगर सरकारले पूँजीगत बजेट खर्च  ८५ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

लेखा शाखाका अनुसार घोडाघोडी नगरपालिकाको ८६ लाख २० हजार ३ सय ४७ पूँजीगत बजेट खर्च हुन सकेन । चालू खर्चको अवस्था पनि पूँजीगत जस्तै छ । २८ करोड ९१ लाख २ हजार ८८ चालूगत बजेट मध्ये २३ करोड ३ लाख २९ हजार ७ सय ९८ रुपैया मात्रै खर्च गरेको छ । ४२ लाख ५८ हजार ४ सय ९० रुपैयाँ खर्च हुन सकेन । लेखा शाखाका अनुसार चालूगत बजेट खर्च  ६२ प्रतिशत मात्रै खर्च गर्न सकेको बताईएको छ ।

चालू र पूँजीगत बजेट दुवै लगाएर ५० करोड ८३ लाख ६३ हजार ८ सय ८३ बजेट मध्ये ३७ करोड ९५ लाख ८० हजार ३ सय ४७ रुपैँया बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।  चालू र पूँजीगत दुवै लगाएर १२  करोड ८७ लाख ८२ हजार ५ सय ३७ रुपँैया  बजेट फ्रिज अर्थात स्थानिय संचित कोषमा जम्मा भएको छ ।

यति धेरै रकम स्थानिय संचित कोषमा जानु भनेको नगरपालिकाको लागी नराम्रो कुरा भएको कति सरोकारवालहरुले बताएका छन ।  समयमा बजेट खर्च नगरेर असारमा हतार हतारमा रकम खर्च गर्ने बानीँले गर्दा समस्या भएको र यसलाई अब घोडाघोडी नगरपालिकाले सुधार्नु पर्ने घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्राईको भनाई छ । बजेट स्थानिय संचित कोषमा जानु भन्दा समयमै बजेट खर्च गर्ने नगरपालिकालाई धेरैले सुझाब दिएका छन ।