चुरेका पहिरो पीडितको त्रिपालमुनि बास गिठा निगुरो खाना

Jun 17, 2021
 
बिरेन्द्र शाह, कैलाली असार ०३ - कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितहरूको उचित व्यवस्थापन नहुँदा उनिहरुको दैनिक जीवन यापन कष्टकर बन्दै गएको छ । गत साउन १७ गते पहिरो गएपछि विस्थापित भएका परिवारको समयमा उचित पुनर्स्थापना हुन नसक्दा उनिहरुको दैनिक जीवन यापन कष्टकर बन्दै गएको हो ।
 
पहिरो पीडितहरू अहिले चुरे गाउँपालिका र गौरीगंगा नगरपालिको सिमाना क्षेत्रमा पर्ने राष्ट्रिय वनमा त्रिपाल टाँगेर बस्दै आएका छन् । उनीहरू बिच जङ्गलमा बस्न थालेको करिब १० महिना जति हुन थालेको छ । पहिरो पीडितहरू विभिन्न ठाउँमा कष्टकर जीवन यापन गर्दै गर्दै त्यो ठाउँमा बस्न पुगेको हुन् । अन्त कतै जाने ठाउँ नभएपछि आफूहरू सोही स्थानमा बस्न बाध्य भएको पीडितहरूको गुनासो छ । घरमा भएको खाद्यान्न सकिदा कति दिन त भोक भोकै बस्नु परेको रुपा बुढाले बताई । छोरीलाई के खुवाउने र आफूले के खाने भन्नेमा चिन्ता उनिमा छ । 
 
किरा फट्याङ्ग्रा र सर्पको उस्तै डर !
जङ्गलको बिचमा त्रिपालै त्रिपालले ढाकिएको बस्तीमा करिब तिन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर वासस्थानको खोजिगर्दै जङ्गललाई आफ्नो वासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय भएको छ । पहिरोले आफ्नो छद खादाको घर खेत बगाएपछि घरबार विहीन भएकाहरू राज्यले आफूहरूलाई नागरिक सरह व्यवहार नगरेको खड्क बोहराको भनाई छ ।
 
त्रिपालमुनिको बसाइले गर्दा साना साना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्रा सर्प बाट बचाउन उस्तै गाह्रो भएको ललिता रोका मगरले जानकारी दिइन् । खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता अहिले चुरेका पहिरो पीडितको छ । पहिरोले आफ्नो घर खेत बगाएपछि उनीहरू घरबार विहीन भएका छन् ।
 
कसैले खानका लागी केही सहयोग नगरे भोक भोकै जङ्गलमै मर्नुपर्ने बाध्यता उनिहरुको रहेको छ । सोही जङ्गलमा पाइने गिठा व्याक्कुर निगुरो खोले खाएर बाच्नु परेको हर्क बखालीको पिडा छ । राष्ट्रिय बनमा आफ्नो वासस्थान बनाएका पहिरो पीडितहरू राज्यले सुरक्षित वासस्थानको व्यवस्था गरिदिनुपर्ने बताउँछन् । घरबार विहीन भएर जङ्गलको सरणमा पुगेका आफ्ना नागरिकहरूलाई जनप्रतिनिजधिहरुले वास्तै नगरेको पहिरो पीडितको गुनासो छ ।