सडकका लागि पैरवी बैठक

हिरा खड्का

जेठ २४, सिन्धुपाल्चाेक 

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा ग्रामिण तथा कृषि सडक निर्माणका लागि पैरवी गर्न बाह्रबिसेमा समन्वय बैठक भएको छ । उक्त बैठकमा सिन्धुपाल्चोक जिल्लाको १२ स्थानिय तह मध्ये बाह्रबिसे नगरपालिकाका १ देखि ९ वडाका जनप्रतिनिधी, वडा सचिब, राम्चे स्थानिय सभाका प्रतिनिधि, सरोकारवाला र सडकबाट प्रभाबितहरुको उपस्थिती थियो ।

समन्वय बैठकमा बाह्रबिसे नगरप्रमुख निमफुन्जो शेर्पालाई बुझाइएको ग्रामिण सडक सम्बन्धी ध्यानाकर्षण पत्रको बारेमा पुनः जानकारी गराउनुको साथै थप छलफल गरेको थियो । बाह्रबिसे नगरपााालिका भित्र रहेेको ग्रामीण तथा कृषि सडकको एकिन तथ्यांक छ वा छैन भन्ने बिषयमा छलफल हुँदा जनप्रतिनिधहरुले संख्या भएतापनि सडकको क्षेत्रफल लगायत अन्य बिबरण नभएको जनप्रतिनिधिहरुले जानकारी गराइको थियो ।

बैठकमा राम्चे स्थानीय सभाका सयोजक उद्वव तिवारिले सभाले उठान गरिएको विभिन्न सवाल मध्ये स्वास्थ्यका सवाल सम्बोधन भएको र सडक सम्बन्धी सवाललाई स्थानिय सभाले उठान गरि बाह्रबिसे न पा -९ का सडकको तथ्यांक र सामुदायिक सारथीले तयार गरेको प्रमाणमा आधारित सहभागितामुलक अनुसन्धान प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।

यसै गरि बाह्रबिसे न पा-९ का वडा सचिब दुर्गा भण्डारीले यो पैरवी कार्यको लागि सबै वडामा बहस चलाउनु पर्ने भनाई राख्नु भएको थियो । समन्वय बैठकमा वडा नं. ९का अध्यक्ष सुरज लामाले कानुनी प्राबधानको बिषयमा राम्रो जानकारी अभाबले गर्दा नागरिकको हितमा गरिने कार्यमा पछि परेको जानकारी बैठकमा गराउदै कानुनमा उल्लेखित यस बिषयमा पछि नहट्ने जिकिर गर्नु भएको थियो ।

युएसएअाइडी को सहयोग र एफएचअाइ३६० को सहकार्यमा सामुदायिक सारथीले सिन्धुपाल्चोकमा संचालित नागरिक समाज:पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना र सहजीकरणमा संचालित बैठकमा सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले  ग्रामीण सडकलाई पैरवी कार्य गर्न नेपालको संविधान,सडक बोर्ड ऎन २०३१,ऎन कानुन नीति,नियम,कार्यबिधि र स्थानिय सरकार संचालन गर्न गर्न बनेको स्थानिय सरकार संचालन ऎन २०७४ को अनुसुचीमा ३ मा उल्लेख गरिएको ब्यबस्था, प्राबधान र अधिकार बारेमा जानकारी दिनु भएको थियो ।