युवाहरुको पहलमा कपिलवस्तुमा ‘फुड बैंक’ स्थापना

Sep 7, 2020

बिकास थापा, कपिलवस्तु भदौ २२ ।
जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी कपिलवस्तुमा पनि ‘फुड बैंक’ स्थापना भएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारा सहित स्थानिय युवाहरुले फुड बैंक स्थापना गरेका हुन । निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको युवा सुनिता बेल्बासेले जानकारी दिनुभयो ।

आइतबार जिल्लाको जितपुर चार नम्बरमा यो अभियानको शुभारम्भ भएको छ । भने यो कार्यक्रमलाई आवश्यकता अनुसार जिल्लाभर संचालन गरिने पनि बेलबासेले बताउनु भयो । फुड बैंकमार्फत् दाल, चामल, आलु, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन र वितरण हुने छ । अभियानमा युवा मधुसुधन भुषाल, प्रविन गौतम, सरोज घिमिरे, कोपिला गिरि लगायत युवाहरु आवद्ध रहेको सरोज घिमिरेले जानकारी दिनुभयो । फुड बैंक अभियानलाई सबैले सक्दो सहयोग गर्नुहुन अभियान्ता पाण्डव भण्डारीले अनुरोध गर्नु भएको छ ।