पासाङ ल्हामु मार्गको पहिरोले अवरुद्ध राम्चे-ग्राङ सडकखण्डमा १२ दिनपछि सवारी सञ्चालन

Sep 22, 2019

कालिका गाउँपालिका- १ नाकुरदुङ सडकखण्ड आइतबारबाट खुलेको छ ।भदौ २५ गते पहिरोले भासिदा पासाङल्हामु मार्गको उक्त सडक अबरूद्व थियो । छिटोछरितो राजमार्ग खुलाउन डिभिजन सडक कार्यालयले व्यवस्था गरेको मजदूरसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्ग परिचालनबाट छिटोछरितो ग्याबिन पर्खाल लगाई राजमार्ग पुनः सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।