पांचखाल नगरपालिकामा अक्स्जिन सहितको १५ शैयाको व्यवस्थित आईसोलेसन वार्ड सञ्चालन

May 5, 2021

विश्वव्यापी महामारीको यश कठिन समयमा विगत केही समय देखि अक्सिजन सिलिन्डरको अभाब जहि तहि भएका खवरहरु रहेका कारण उत्पादित अक्सिजन उपचाररत संक्रमितहरुलाई सहयोग गर्ने बेलामा यश पांचखाल नगरपालिका क्षेत्रमा रहनु भएका विभिन्न उद्योगी, कलकारखाना, व्यवसायी ज्युहरु संग भएको आफुले प्रयाृग गरी खालि रहेको खाली सिलिन्डर पाँचखाल उद्योग वाणिज्य संघको रोहवरमा पाँचखाल नगर स्वास्थ शाखालाई हस्तान्तरण मिति २०७८ बैशाख २१ गते कार्यक्रम सम्पन्न गरियो ।


स्थानिय श्रोत साधनको अतिकतम उपयोग र नागरिक संगको सहकार्यमा कोरोना संगको सहकार्यमा युद्ध परास्त गर्ने अभियानमा पांचखाल नगरपालिकाका मनकारी माधव श्रेष्ठ ज्यु संग ९ थान, कुमार श्रेष्ठ ज्यु संग २ थान दिल बहादुर श्रेष्ठ ज्यु संग १ थान प्रेम कालिदास ज्यु संग १ थान, रेशम श्रेष्ठ ज्यु संग १ थान, विपिन शाही ज्यु संग १ थान गरि जम्मा १५ थान खालि सिलिन्डर नगरपालिका लाई हस्तान्तरण गरि अक्सिजन भर्न पाठाइएको थियो ।


उक्त खालि सिलिण्डर मा तत्काल अक्सिजन भर्ने कार्य सहित पांचखाल नगरपालिका वडा नं. ४ मा रहेको पुर्व समाज कल्याण प्रा.वि. तथा गत बर्षको कोरोना क्वारेनटाइृन सेण्टर मा सुविद्या युक्त आईसोलेसन सञ्चालनमा ल्याउन सफल रहेको छ पांचखाल नगरपालिका ।
आईसोलेसन सञ्चालन कार्यको लागी पांचखाल नगरापलिकाका नगरप्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला स्वास्थ कार्यालय प्रमुख, १५ नं. सशत्र बाहिनी पांचखाल, नेपाली सेना, नेपाल प्रहरी सहितको अनुगमन र अवलोकन पश्चात औपचारीक रुपमा सञ्चालनमा ल्याइएको छ ।


पांचखालमा सञ्चालित १५ शैयाको अक्सिजन सहितको आईसोलेन केन्द्रबाट मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउपालिका, तथा चौरीदेउरालि गाउपालिकाको सेवाग्राहीले समेत यो कोरोनाको समयमा सेवा लिन सक्ने व्यवस्था जिल्ला स्वास्थ कार्यालयले प्रावधान मिलाएको छ ।