डडेल्धुरामा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९ , डडेल्धुरा
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
स्थानिय तहका वडा, बिद्यालय, सामाजिक संघसंस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरी प्रभावकारीरुपमा डडेल्धुरामा पनि मनाईने भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिकाले अभियानको पहिलो दिन शोमबार विभिन्न संस्थाहरुसंग बैठकको आयोजना गरेको अमरगढी नगरपालिकाका उप प्रमुख संगिता भण्डारीले बताउनु भयो ।
बैठकले विभिन्न संस्थाहरुसंगको सहकार्यमा १६ दिनसम्म अभियान संञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । लैङ्गिक हिंसाविरुद्ध रेडियो कार्यक्रम प्रशारण गर्ने, व्यानर तथा प्लेकाड निमार्ण गर्ने, कार्यप्रत्र प्रस्तुत गर्ने, र अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजन निर्णय समेत भएको उप प्रमुख भण्डारीले बताउनु भयो ।
डडेल्धुराका अन्य स्थानीय तहहरुले पनि महिलाहरुसंग वडा वडामै पुगेर अन्र्तक्रिया लगायतका कार्यक्रम राखेको स्थानीय तहहरुले जनाएको छ । आलिताल गाउँपालिकाले महिनावारी भएका समयमा गरिने विभेद न्युनिकारणका लागि समेत अभियान वडा वडामा सञ्चालन गर्ने उपाध्यक्ष ज्वालादेवी बोगटीले बताउनु भयो ।
सन १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिखका दिन सम्पन्न हुने गरेको छ ।
नेपालमा भने २०५४ सालदेखि मात्रै लैगिक हिंसा बिरुद्धको बिभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो। गएको मंसिर २ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार महिला हिंसा बिरुद्धको अभियान दिवस भने नोभेम्बर महिनाको २५ तारिखमा मनाउन लागेको हो ।
संयुक्त राष्ट्रसङ्घको सन १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो र त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको छ ।हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ ।