जनताको गुनासो सुन्न पालुङ्टारमा ‘हेलो मेयर’

Jun 11, 2019

मोहसिन अलि मियाँ
गोरखा, २८ जेठ
नगरवासीको गुनासो सुन्न पालुङ्टार नगरपालिकाले ‘हेलो मेयर’ सुरु गरेको छ । जनताको गुनासो सिधा सुन्न र सम्बोधन गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको बताएको छ । सेवाग्राही र नगरवासीले आफ्ना कुरा भन्न एवं गुनासो राख्न सहज होस् भन्ने उदेश्यले ‘हेलो मेयर’ सेवा सुरु गरिएको नगरपप्रमुख दिपकबाबु कडेंलले बताए । ‘सबैसंग मेरो सहज पहुँच नपुग्न सक्छ, मैले चाहेर पनि सबैका कुरा सुन्न नभ्याएको हुन सक्छु’ कडेंलले भने ‘पब्लिकको आवाज सिधै म कहाँ आओस्, र उहाँको समस्या छिट्टै संबोधन गर्न सकियोस् भन्ने मुख्य उदेश्य हो ।’

नगरपालिकाले जनताको गुनासो सुन्नका लागि निशुल्क टेलिफोन सेवाको समेत ब्यवस्था गरेको छ । गुनासो टिपाउनका लागि सेवाग्राहीले पैसा नलाग्ने टेलिफोन नम्बर १६–६०–६४४२००२ मा डायल गर्नुपर्ने हुन्छ । उक्त नम्बर मार्फत आफ्नो टोल तथा छर छिमेकमा भईरहेका विकासको कार्यक्रम, सार्बजनिक संस्थाको गतिविधि, विद्यालय, स्वास्थ्य संस्था लगाएत सम्पूर्ण पालुङ्टारका सार्बजनिक हितका बिषयहरुमा खबरदारी सहित आवश्यक रचनात्मक सुझाब दिन सकिने व्यवास्था मिलाइएको छ । ‘नगरपालिकाको कामलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस सेवाले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो’ नगरपप्रमुख कंडेलले भने ‘जनताका रचात्मक सुझावले पालुङ्टारको समृद्धि र बिकासमा ठूलो योगदान दिनेछ ।’

यो सेवा सुरु भएपछि नगरप्रमुखको सम्र्पकमा नभएका सर्वसाधारण नागरिकले पनि आफ्ना कुरा भन्न सक्ने छन् । त्यस्तै जनताका गुनासा सुन्दै नगरपालिका र वडा कार्यालयहरुको सेवा चुस्त बनाउन र सबै जनताको पहुँचमा सेवा पु¥याउन सेवा प्रभावकारी बन्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ । यसैगरी यस सेवाले नगरपालिकालाई सुचना मैत्री बनाउन समेत सहयोग गर्ने अपेक्षा गरिएको छ ।

जसले गर्दा जनतासँग प्रत्यक्ष सम्वाद समेत हुने विश्वास लिइएको छ । ‘उहाँहरुको प्रश्न एवं जिज्ञासा रेकर्ड समेत गर्न सक्नुहुन्छ’ नगरपालिकाका सुचना प्रविधी अधिकृत अशोक कुमार श्रेष्ठले भने ‘मयेरसावले प्रत्यक्ष कुरा गर्न सक्नुभएन भने पनि पछि सुनेर त्यसको जवाफ दिनुहुनेछ ।’ सेवा हिजो सोमबारबाट सुरु भएको श्रेष्ठको भनाई छ । यस अघि सरकारले पालुङ्टारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरीसकेको छ ।