पहिरोले विद्यालय भवनमा क्षतिग्रस्त

Aug 6, 2018

गीता जीएम

श्रावण २१, रोल्पा


अविरल वर्षा सगै गएको पहिरोले पुर्बी रोल्पाको सुनछहारी गाउपालिका ५ जैमाकसलामा रहेको नमुना माद्यामिक विद्यालय क्षतिग्रस्त भएकोछ । विद्यालयको पक्की भवन संरक्षणका लागी लगाएको पक्की पर्खाल र गयाबिङ तार पहिरो सँगै बग्दा विद्यालय भवनमा क्षति पुगेको हो ।

पहिरोले पुरिदाँ विद्यालयको ४ वटा कोठामा  क्षति पुगेको छ । १० लाख लागतमा बनेको विद्यालय भवन संरक्षणका लागि दश लाखको लागतमा पक्की पर्खाल र पाँच लाखको लागतमा गयाबिङ तार लगाइएको थियो ।
पक्की भवनमा समान्य क्षति भए पनि कच्ची भवन पूर्णरुपमा क्षतिग्रस्त भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झपेन्द्र घर्तिले जानकारी दिनुभयाे । विद्यालय बिदा भएकोले कुनै मानविय क्षति भने नभएको तर विद्यालयको भौतिक संरचना जिर्ण भएकोले कुनै बेला ठुलो नोक्सानी हुनेमा स्थानीयले चिन्ता ब्यक्त गरेका छन ।