रामेछापको नागदहमा खुल्यो सिर्जनशील शाखा

Jan 10, 2018

नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत रामेछाप जिल्लाको नागदहमा स्थापना गरिएको सिर्जनशिल शाखाको उद्घाटन गत पुस १९ गते एक भव्य समारोहका विच सम्पन्न भएको छ । 

रामेछाप जिल्लाको लिखु गाउँपालिका—५ नागदहमा निर्माण भएको समुदायीक भवन पनि  सोही अवसरमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

जागरण नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको दुई कोठ सामुदायीक भवन जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष प्रेमबहादुर खड्का र लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले संयुक्त रुपमा मानापाथि बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरे । यसै गरी सोही भवनमा युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक दोलखाको सहजिकरणमा स्थापना भएको सिर्जनशिल शाखाको पनि उद्घाटन भयो ।
भवन हस्तान्तरण तथा सिर्जनशिल शाखा उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्काले समुदाय स्तरमा पूर्वाधार निर्माण र त्यसको सदुपयोगका काम एकै साथ सुरु भएकाले यसले स्थायित्व पाउने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपाध्यक्ष दीपा पाख्रिनले दुर्गम गाउँमा भएको पूर्वाधार निर्माण र सूचना प्रवाहको काम प्रशंसनिय भएको बताइन् ।


कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, विपद व्यवस्थापन, सूचना र संञ्चार तथा भौतिक पूर्वाधारको क्षेत्रमा योजनाका साथ अघि बढ्ने बताए । उनले लिखु गाउँपालिकाको नादहमा ४ महिना भित्र बिजुली बत्ति बालेर छाड्ने बताए ।
कार्यक्रमा जागनरण नेपालका नरेश कार्कीले भूकम्प पछिको विपतका बिचमा सुरु गरेको कामले पूर्णता पाएकामा खुसी व्यक्त गर्दा यसको व्यापक सदुपयोग गर्न आग्रह गरे ।



पारस्पारिक जवाफदेहीता परियोजनाका रत्नाबाबा तण्डुरकारले सबैको सहकार्यमा अघि बढ्दा विकासको लक्ष पुरा हुने बताइन् । सोही परियोजनाका विकाश पन्थीले जनताको भोट पाएका जनप्रतिनिधि र जनताको करले नोट खाने कर्मचारी नागरिक प्रति उत्तरदायी भई नागरिकसँगै समस्या समाधानमा लागे धेरै समस्य समाधान हुने बताए ।
कार्यक्रममा लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल, लिखु गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सोमबहादुर तामाङ्, नागदह गाविसका पूर्वगाविस अध्यक्ष आशबहादुर तामाङ् लगायतले बोलेका थिए । सहकारी संस्थाका अध्यक्ष बासा तामाङको अध्यक्षतामा भएको सो कार्यक्रमा संस्थाका सचिव छिरिङ तामाङले सहभागिलाई स्वागत गरेका थिए । सहकारी संस्थाको बारेमा सहकारी संस्थाकी कोषाध्यक्ष निमाईँ तामाङले जानकारी गराएकी थिइन् ।
सो भवनमा स्थापना भएको सिर्जनशील शाखालाई शिक्षा, स्वास्थ्य, कृषि, विपत व्यवस्थापन लगायतका विषयको सूचना केन्द्रको रुपमा अघि बढाउने अवधारणा तय गरिएको छ । सोही कार्यक्रममा सिर्जनशील शाखालाई एक थान कम्प्युटर समेत हस्तान्तरण गरिएको छ ।

 

Member Comment
Sharda KC
good work
3 months ago