पत्रकार महासंघ गुल्मीमा श्रृजनशील शाखा स्थापना

नागरिकले
सजिलैसंग सूचना प्राप्त गरुन भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ गुल्मीमा सृजनशिल
शाखाको स्थापना गरिएको छ ।
एकिकृत ग्रामिण विकास समाजद्धारा संचालनमा रहेको पारस्परिक
जवाफदेहिता परियोजनाले पत्रकार महासंघ गुल्मीमा शाखाको स्थापना गरेको हो ।
रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले श्रृजनशील शाखाको उद्घाटन गर्दै अहिलेको युग सुचना र
प्रविधीको भएकाले नागरिकलाई सुसूचित गराउन श्रृजनशील शाखा र महासंघले महत्वपुर्ण
भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।
परियोजनाले श्रृजनशील शाखालाइ इन्टरनेट, एक थान
डेस्टप कम्प्युटर, टेवल, कुर्ची
र केहि व्यवस्थापकीय सहयोग समेत गरेको छ । आम नागरिकलाई सरकारी सेवा सुबिधा र
सूचनाको हक सम्बन्धी जानकारी गराउन पत्रकार महासंघमा श्रृजनशील शाखा
स्थापना गरिएको परियोजना संयोजक हिरा कुवंरले बताउनुभयो ।
युएसएआईडीको सहयोगमा र एफएचआई ३६० र एकीकृत
ग्रामीण विकास समाजको सहकार्यमा गुल्मीमा यो परियोजना लागु भएको छ । गुल्मी सहित देशभरका ३४ जिल्लाहरुमा लागु भएको यस परियोजनाले ती जिल्लाहरुमा विभिन्न स्थानिय साझेदार संस्थाहरुसंगको सहकार्यमा सुशासन र पारस्परिक जवाफदेहिता प्रर्बधनका निम्ती शिक्षा, स्वास्थ्य
र कृषिको क्षेत्रमा कार्य गर्दै आएको छ ।
अनिल खत्री, गुल्मीबाट
समाचार
श्रोत : http://www.newsofnepal.com/2017/12/23/73509/