पाँचखालका नागरिक होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिईने

Jul 9, 2020

काभ्रेको पाँचखाल नगरपालिकाले बिदेशबाट आउने आफ्नो नागरिकलाईहोम क्वारेन्टाईनमा बस्न दिने भएको छ । स्थल वा हवाई मार्गबाट आउने नागरिकले होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय नगर स्तरीय कोभिड १९ ब्यबस्थापन समितिको बैठकले गरेको छ ।

होम क्वारेन्टाईनमा बस्न चाहानेले स्थानीय प्रहरी र वडा कार्यालयको सिफारीस लिनु पर्ने प्रमुख प्रशासकिय अधिकृत लोक बाहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस लिएकाहरुले मन्त्रालयले तोकेको होम क्यारेन्टाईन सम्बन्धी मापदण्ड पुरा गरेर बस्नु पर्ने छ । होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय यस अघि नै जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्र सि सि एम सि ले गरेको थियो ।