स्थानीय तहका सरोकारवाला सबैले पारस्परिक जवाफदेहितामा जोड दिनुपर्ने

Jan 5, 2018

नेपालगन्ज  पुष ३ / बाँके जिल्लामा कार्यरत सूचनाको हक र सुशासनको क्षेत्रमा कृयाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेले स्थानीय तहमा कसरी पारस्परिक जवाफदेहिता वातावरण सृजना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको छ ।

उक्त छलफलमा केन्द्रका अध्यक्ष विश्वजित तिवारी, पारस्परिक जवाफदेहिता परियोजनाका उपप्रमुख सजना महर्जन र सुशासन सल्लाहकार विकास पन्थीले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापा मगरसंग नेपालको नयाँ संघीय संरचनामा पारस्परिक जवाफदेहितामा नागरिक समाजको भुमिका बारे छलफल गर्नुभएको थियो । छलफलका क्रममा उपमेयर थापाले नागरिक समाज सदैव निष्पक्ष भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाज र नवनिर्वाचित जनप्रतिनिधिको उत्तरदायी र जवाफदेहिता बारेमा छलफल भएको थियो । सो छलफलको क्रममा मेयर राणाले नागरिक समाजको भुमिका सदैव खाँचो रहेकोले निरन्तर नागरिक समाज विकासको पाटोमा सहयात्री बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिक समाज संस्थाहरुले स्थानीय तथा विकासका सवालमाथी सकारात्मक भएर अगाडी सहकार्यात्मक दृष्टिकोणले उठाउनुपर्ने बताउनुभयो ।

पारस्परिक जवाफदेहिता परियोजनाका उपप्रमुख सजना महर्जनले नागरिक समाजले पनि स्थानीयतहमा जवाफदेहिता र उत्तरदायी भुमिका निभाउनुपर्ने बताउनुभयो ।

स्थानीयतहमा पारस्परिक जवाफदेहिता र उत्तरदायीलाई दिगो बनाउनुपर्ने आईएचआरसीका अध्यक्ष विश्वजित तिवारी बताउनुभयो ।

उक्त भेटघाटमा केन्द्रका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले संस्थाले सञ्चालन गर्ने परियोजनाबारे जानकारी गराउनुभएको थियो ।

राकेश मिश्रबाट

Member Comment
Sharda KC
खुसि लाग्यो धेरै राम्रो कुरा
9 months ago