वडा कार्यालयद्वारा सरसफाई अभियान शुरु

Oct 6, 2018

सिन्धुपाल्चोक, असोज २० गते 

सिन्धुपाल्चोककाे बलेफी गाँउपालिका वडा नम्बर ८ को आयोजनामा बजार सरसफाइ अभियान सुरु गरेको छ ।

वडा कार्यालयदेखि अधेरी बजारसम्मकोे फोहोर कुहिनी र नकुहिनी छुट्एर फरक फरक डम्पिङ गरि ब्यबस्थापन गरिएको वडा अध्यक्ष चरी बहादुर तामाङ्गले बताउनु भयो । नकुहिने फोहोरले प्रदुषण बढाउने र कुहिने फोहोरले विभिन्न सरुवा रोग लाग्ने सक्ने भएको हुँदा घर, पसल र होटलबाट निस्केको फोहोर आफैले व्यबस्थापन गर्न तामाङ्गले वडाबासीलाई अपिल गर्नुभयो ।

बजारबासी, बजार ब्यबस्थापन समिति, लामोसाघु बचत तथा ऋण सहकारी वडाको कार्यलय, जाइका नेपाल , बनसाघु माध्यमिक शिक्षक शिक्षिका, लामोसाघु चर्चका भोलेन्टरले बजारको सरसफाई गरेका थिए ।

गाँउपालिकाकै मुख्य बजार खाडिचौरमा दशै किनमेलको लागि मान्छेको भिडसंगै फोहोर बढ्न थालेपछि बजारलाई सुगन्धित राख्नका लागि सरसफाई अभियान सुरु गरेको वडाले जनाएको छ ।

सरसफाई अभियानमा प्रदेश सांसद सरेश नेपाल, लिसंखु पाखार गाँउपालिकाका अध्यक्ष कमल नेपाल र ससस्त्र प्रहरीे उपरिक्षक नारायण श्रेष्ठ र क्याप्टेन अनिल रोकायको पनि उपस्थिति रहेकाे थियो ।