कर्णालीका एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाकोे खोप दिइने


जगतदल जनाला विक
सुर्खेत । नेपाल सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान अन्तरर्गत कर्णाली प्रदेशका १० जिल्लाका करिब एक लाख ६२ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप दिइने स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी लक्ष्मी भट्टराइले बताए ।
बुधवार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरु संग अन्तरक्रिया गर्दै सुर्खेतमा मात्र ४० हजार बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा र रुबेला खोप अभियान सुर्खेतमा तीन चरणमा संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले जानकारी दिए ।
पहिलो चरणमा चैत १ गतेदेखि ६ गते सम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत जीतलाल ढकालले जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र ११ सय ६० स्वयंमसेवक परिचालन गरिने छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिइदै छ ।

खोप एक जैविक तयारी वस्तु भएकोले यसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगका विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउने प्रदेश स्वास्थ्य निर्देशनालयका रिता भणडारीले बताइन् । ‘खोपका कारण व्यक्तिलाई विभिन्न विषाणु र जिवाणुबाट हुने रोगबाट बचाउँन सकिन्छ ।’ उनले भनिन्, ‘खोपको प्रयोगले, रोगको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिन्छ ।’
यस्तै सञ्चार माध्यमबाट पनि खोप र अन्य महांमारीका विषयमा आम नागरिकलाई सचेत गराउन सञ्चार माध्यमको महत्वपुर्ण भुमीका रहने पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले बताए ।

नेपाल सरकारले बाल तथा मातृ मृत्यु दरमा कमि ल्याउने, औषत आयुमा वृिद्ध गर्ने, सन् २०२३ सम्ममा पोलियो रोग उन्मुलन गर्ने, सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने, मातृ तथा नवशिशु धनुष्टंकारको निवारण गर्ने उदेश्य लिएको छ ।
हाल नेपालमा १५ महिना मुनिका बालबालिकाहरु र गर्भवती महिलाहरुका लागि निःशुल्क खोप सेवा प्रदान गरिँदै आएको छ ।

नेपालमा क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस खोप उपलब्ध छ ।

सरकारले गर्भवती महिलाहरुका लागि टी.डी. धनुष्टंकार र भ्यागुते रोग बिरुद्ध खोप उपलब्ध गराउँदै आएको छ ।

सरकारले हरेक वर्ष राष्ट्रिय अभियान कै रुपमा खोप कार्यक्रम सञ्चालन गरेपनि नेपालका कैयौं बालबालिका पूर्ण खोपबाट बञ्चित हुने गरेको सरकारी तथ्याङ्हरुमा उल्लेख गरिएका छन् ।