सल्यानमा थपिए ३८ कोरोना संक्रमित, संक्रमितको संख्या ९२ पुग्यो

Jun 6, 2020

सरिता चलाउने
सल्यान २४, जेष्ठ ।
सल्यानमा थप ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा सल्यानका ३८ जना सहित कर्णाली प्रदेशमा ९८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

२ जना महिला सहित सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा ३८ जना संक्रमित भेटिएका हुन् । जसमा जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १८, २० र ३४ बर्षिय ३ जना, वडा नम्बर २ मा २० र २१ बर्षिय एकरएक जना महिला पुरुष, वडा नम्बर ३ मा वडा १४, १८, २४, २४, ३२, ३४, ३४, ३८, ४०, ४२, ४२ र ५७ बर्षिय ११ जना भेटिएका छन् ।


यस्तै बन्गाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ४ मा २०, २१, ३०, ३०, ४२, ५५ बर्षिय ६ जना, वडा नम्बर ५ मा १९, २० र २१ बर्षिय एक महिला सहित ३ जना, वडा नम्बर ६ मा १९, २०, २०, २०, २४, २४, २४, ३१, ३६ र ४० बर्षिय १० जना र वडा नम्बर ७ मा १९, २५ र २५ बर्षिय ३ जना भेटिएका हुन् ।

यस सँगै बन्गाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । यस्तै जिल्लाभर संक्रमितको संख्या ९२ जना पुगेको छ । आजै सुर्खेतमा ९ जना, दैलेखमा ४६ जना, जाजारकोटमा ४ जना र डोल्पामा १ जनामा संक्रमण पुष्टी भएको छ ।