मानसपटलममा सजिएको रारासंगको त्यो प्रत्यक्ष भेट ।

Nov 13, 2017

यात्रा स्मरण

पूर्णबहादुर खड्का । अछाम 

प्रकृतिको सुन्दर उपहार रारा हेर्ने भनेपछि कसको मन प्रफुल्ल नहोला ! मानव शरीरलाई सक्रिय बनाइ राख्न आरामका साथै मनोरञ्जन पनि चाहिने रहेछ । रारालाई फोटोमा हेर्दा त त्यति सुन्दर लाग्छ भने प्रत्यक्ष भेट्दा झन कति राम्रो होला भन्ने कौतुहल्ता मनमा सधैँ भईरहेको थियो । त्यसैले पनि यो यात्रा नगरि सम्भब थिएन । यात्राका लागी हिड्नु त पर्छ नै । यहि सोचेर अर्थात अझ भन्नु पर्दा जीवन भनेकै यात्रा सम्झेर रारा जाने योजना बुन्यौँ हामीले । यसैले तिहार बिदाको सदुपयोग गरेर हामी जम्बो टोलीका साथ रारा घुम्न जाने भयौँ । जसरी हाम्रा मित्र दिपक बिष्टले १ महिना अघि नै मोटरसाईकलमा रारा घुम्ने सपना छ भनेर फेसबुकमा स्टाटस लेख्नु भएको थियो त्यहि स्टाटस अनुसार हाम्रो पनि योजना भयो रारा घुम्न जाने । तद्अनुसार हामी त्यही योजनामा सामाजिक संजाल फेसबुक मात्र एउटा समुह बनाएर यात्राको योजना गरयौँ । योजना बनाउदै गर्दा हाम्रो समुहमा १७÷१८ जना समाशबेश भएपनि अन्त्यमा हामी १२ जना मात्र रारा जान तयार भयौँ । यात्रामा दिपक बिष्ट, रमेश महर, जीवन बोहरा, पुष्प खनाल, जनक कडायत, गोविन्द गिरी, शुसिल रावल, किरण कुवँर, कृति बिष्ट, दिपेन्द्र शाही, बसन्त गिरी, दिवस तिमिल्सैना र म समाबेश भयौँ । यात्राका लागि प्राथमिक उपचारको सामग्रीको जिम्मा पुष्पराज खनाल र मैले मिलेर तयार गरिसकेपछि ११ गतेका लागी १२ जनाको टोली रारा जान तयार भयो । सोही अनुसार ७ वटा मोटरसाईकललाई हामीले यात्राको साधन बनायौँ र ११ गते बिहान १२ बजे हाम्रो टोली रारा घुम्नका लागी बयालपाटा अस्पतालबाट हिड्यौँ । 

अस्पतालबाट करिब डेढ घण्टाको यात्रा पछि हामी मध्यपहाडी राजमार्ग अन्र्तगतको ठुलासैनमा पुगेर खाना खायौँ । र ठुलासैन खाना खाईसकेपछि हामीसंग २ जना रुप खड्का र नम खड्का यात्राका लागी हामसिंग जोडिए र हामी संगसंगै उनिहरुको पत्रि यात्रा अघि बढ्यो र करिब ४ बजे तिर हामी कर्णाली नदि पुग्यौँ । यहाँसम्मको बाटो हाम्रा लागी नौलो थिएन । अछाम छोडेर दैलेख हुदै अर्थात कर्णालीको तिरैतिर हाम्रो यात्रा अघि बढ्यो । उकाली ओराली, पुलपुलेसा अनि जंगलको हरियाली हुदै हामी मान्म पुग्ने सुरमा अगाडी बढिरहयौँ । पारी अछाम वारी दैलेखको बिचमा बग्ने कर्णालीको मन्द गतिले हाम्रो मनै लोभ्यायो । दिवस तिमिल्सैना मित्र र म सबैको पछि पछि हुदै बाटोमा फोटो खिच्दै गयौँ भने अरु साथीहरु एकहोरो मोटरसाईकलमा कुदिरहे । कालिकोटको उकालो लागेपछि हामीलाई तिहारले ठाँउठाँउमा रोकिरहेयो । जता ततै तिहारको रौनक छाएको थियो । ससाना भाईबहीनीहरुको देउसी भैलोको टिमहरु हाम्रो मोटरसाईकललाई अघि बढ्नै दिएनन् । यो दृष्यले सानोमा तिहारको बेला आफुले देउसी भैलो खेलको याद समेत दिलायो । यहि बिषयमा दिवस तिमिल्सैना मित्र र म कुरा गर्दै गयौँ भने यो क्रम निरन्तर मान्म बजार सम्म चलिरहयो । डाँडाको बिचमा रहेको मान्म पुग्दा निकै उचाईमा पुगेको भान भयो भने चिसो पनि उत्तिकै बढेको थियो ।  

अछाम छाडेको पहिलो दिन हामी कहिर साढे ६ बजे तिर कालिकोटको मान्म पुग्यौँ र हाम्रो पहिलो बास मान्मको होटेल ह्वाईट हाउसमा भयो । भोलीपल्ट बिहान ७ बजे हामी कालिकोट बजार घुम्न निस्कियौ भने मित्र रमेश महर र शुसिल रावले भने मान्म बजारको टुप्पो अर्थात रानीको कपाल कोर्ने भन्ने ठाँउमा पुगेर फर्के । बिहानको ८ बजेसकेको थियो हाम्रो यात्रा मान्मबाट अघि बढ्यो । बिहानी पखको चिसो चिर्दै कर्णालीको तिर पहाडै पहाडको साघुरो बाटोमा हामी ८ वटा मोटरसाईकलहरु हुईकाउदै अघि बढ्यौँ । उकालो ओरालो हुदै वारीपारी ठुला ठुला पहाडको बिचमा बग्ने कर्णालीको आवाज हाम्रो कानमा गुञ्जयमान भईरहेको थियो । हामी केही अघि हिडिसकेपछि सामुहिक फोटो लागी ठुलो पहाडको अगाडी रोकियौँ र फाटो लियौँ त्यो ठाँउको दृष्य दृष्य बडो रोमाञ्चक तथा चामत्कारिक थियो । 

बिहानको १० बजिसकेको थियो हामी कालिकोटको नाग्म पुगेर बिहानको खानाँ संगैँ त्यहाँको स्थानिय भेडा अर्थात च्यांग्राकाको मासु समेत खायौँ । खाना खाईबरी पुनः यात्राले गति लियो । कालिकोटलाई बिदाईसंगै बिस्तारै हिमा खोलाको तिरै तिर कच्चि सड्कमा हाम्रो यात्रा बढ्यो । जति अगाडी बड्यो त्यति नै नयाँ नयााँ परिवेशका दृष्हरु उजागर भईरहे । नयाँ ठाँउमा भएको पहिलो पटकको यात्राले रमाइलो भईरह्यो । भरखरै मात्र ट्रयाक खुलेको कच्ची सडकमा हाम्रो यात्रा अघि बढिरहयो । मंगलसेनबाटै कच्ची बाटोमा हिडेका हामी यात्राभरीनै बाटोमा भएका खोल्साखोल्सीले केही असहज बनायो । हुन त प्राय सबैको बानी परिसकेकाले होला कुशलतापूर्वक ड्राईभ गर्दा सहज नै महशुस भईरहेको थियो । पहाडी बाटोमा कहिकाँही असहज हुनु स्वभाभिक पनि थियो भने यात्रा निकै रोमाञ्चित पनि थियो । हिमा खोलाको तिरैतिर देखिएका रंगिविरंगी पर्वत, पहाड, अजंगका चट्टानको सुन्दरताले मन लोभ्याईरहेको थियो । केही बेरको यात्रा पछि हामी जुम्लाको सिंजा प्रदेशको बजारमा दिउसोको चियाँ खान रोकियौँ । चियाँ खादै गर्दा त्यस क्षेत्रको बारेमा केही जान्न मन लाग्यो र त्यसको बारेमा हाम्रा मित्र रमेश महरले जानकारी दिए । ११ गाविसले जोडिएको सिंजा प्रदेश अर्थात नेपाली भाषाको उदगम स्थल नै रहेछ सिंजा त । हाम्रो यात्रा अघि बढुञ्जेल करिब २ बजे बजिसकेको थियो । १ घण्टा कच्ची सड्कको यात्रा गरिसकेपछि हामी जुम्लाकै भुलभुले ठाँउमा पुग्यौँ । नेपाली सेनाको गुल्ममा मोटरसाईकल ईन्ट्री गरिसकेपछि केही अगाढी जाँदा त्यो ठाँउ अति नै सुन्दर र शान्त लाग्यो अझ भनौँ मरुभुमी जस्तै नांगो तर रोमाञ्चक ठाँउ सबै साथिहरुले मोटरसाईकल रोकेर फाटो सेसन गर्यौँ । ९३ किलोमिटरको नाग्म गमगढी सडकखण्ड पार गर्न हामलिाई लगभग ५ घण्टा नै लाग्यो । 

त्यसो त नेपालको शासकिय मानसिकतामा कर्णाली यसैपनि टाढा छ । अनि त्यो टाढा रहेको कर्णालीलाई कर्णाली राजमार्गले जोड्ने काम गरेको थियो । करिब ४ बजे तिर हामी मुगु जिल्ला प्रबेश गरिसकेपछि नाग्मा– गमगडी सडकखण्डले धर्तिको स्वर्ग अर्थात स्वर्गकी अप्सरा रारा ताललाई हेर्ने सपना साकार पारिदियो । मोटरसाईकलको यात्रा सकिएपछि हामी रारा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पुग्यौँ त्यो भन्दा उता गाडी प्रबेश निशेध क्षेत्र रहेछ । निकुञ्जको नजिकैमा रहेको एउटा सानो पसलमा हामीले मोटरसाईकलहरुलाई पार्किङ गरेयौँ, त्यही खाजा स्वरुप बिष्कुट र चाउचाउ खायौँ । दिनभरीको थकाईले थकित भएको १५ जनाको हाम्रो टोली राराका लागी पैदल यात्रा गर्दै अघि बढ्यो । साँझपख हुनै लाग्दा हल्का चिसोले उत्ताउलो बनेको बातारणमा चराचुरुगींको चिर्बिराहट, भेडाहरुको बथान, पाटनमय ठाँउ साँच्चिकै धर्तिको स्वर्ग जाने बाटोझैँ प्रतित भयो । स्मृतीको पानामा सजिएको रारा तालको सुन्दरताले हामीलाई त्यहाँ पुग्दा दिनभरीको थकाई एकैछिनमा मेटाई दियो । रारा वास्तवमा बिशाल, भव्य र आर्कषक भएको भान भयो । जब हाम्रो आँखा रारामा पर्यो तब यसको सुन्दरताले मन यति प्रफुलित भयो कि झन्डै डेढ दुई घण्टासम्म रारा किनारको यात्रा हुदेँ कसरी रिर्सोट सम्म पुगियो हामिलाई पत्तै भएन । राराको सुन्दरता नियाल्ने समय कि त असोज कात्तिक कि त चैत्र बैशाख नै हो । त्यसै अनुरुप हामीले कार्तिकमा हरियाली रारा हेर्ने निर्णयका साथ २ दिनको यात्रा गरेर रारा पुग्यौँ । डाँडाको टुप्पोमा आँदखाले भ्याादासम्म हेर्न सकिने बिशाल रारा अनि त्यहाँको सुन्दर वातावरणको बयान हाम्रो शब्दमा अपुग नै रहयो । 

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो । सबै नेपाली पुग्न चाहने स्थल मध्येको एक हो रारा ताल । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उँचाइमा अवस्थित छ रारा ताल । १५ सय ८३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको चौडाई २.७ लम्बाई ५.१ किलोमिटर छ भने तालको अधिकत्तम गहिराई १ सय ६७ मिटर मापन गरिएको छ । यस ताललाई हिमाली क्षेत्रकै ताल मानिन्छ । रारा राष्ट्रिय निकुञ्जको सबैभन्दा आर्कषणको केन्द्र भनेकै रारा ताल हो । विश्व सिमसार क्षेत्रमा सुचिकृत गरिएको यस तालको मुख्य विशेषता भनेको स्वच्छ मुलबाट आएको पानी हो । सन १९७६ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना नै यहाँको जैविक विविधताको संरक्षणका लागी भएको हो । ताल क्षेत्रलाई प्रदुषणमुक्त बनाउन र वातावरणिय सन्तुलन कायम गर्न इन्जिन जडित कुनै पनि साधन ताल वरिपरी लैजान नपाईने व्यवस्था निकुञ्जले गरेको छ । यो व्यवस्था तालमा पुग्दा मात्र थाह भयो हामीलाई । धर्तिको स्वर्ग हेर्नका लागी कम्तिमा १÷२ घण्टाको पैदलयात्रा गर्न जूरी नै हुन्छ नत्र सजिलै देखिने सुन्दरताको मुल्य पनि कमै हुन्छ शायद । यसैले पनि नियम बनाईएको रहेछ । आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाह्य पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन तर आन्तरिक पर्यटक भने उल्लेखनीय रुपमा पुग्ने गर्छन् ।

तस्वीर ५

ताल परिक्रमा गर्दै त्यस रात हामी रारा किनारमै रहेको डाँफे होटेलमा बास बस्यौँ । भोलिपल्ट बिहान हामी चियाँ खादै ताल अवलोकन गर्दै फोटो सेसन गर्दे अगाडी बढ्यौँ । ताल अवलोकन गरेर फर्किदा हामी निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको क्याम्प हुदै डुंगा स्थल पुगेर पुग्यौँ । र्फकिदा हामी आधा आधा गरेर २ वटा डुंगा हुदैँ ताल नियाल्दै गयौँ । जब डुंगा मार्फत बिच भागमा पुगियो तब लाग्यो तत्कालिन राजा महेन्द्रले प्रिय रारालाई भेटेपछि यत्तिकै लेखेका रहेद्धन्, “ हे दैव, सुन्दरताको भण्डार सहरा कै खनया, यसै रारामा राराकी अप्सरा ” । २०२० सालमा कोरिएका यि शब्दहरु अझै पनि शिलालेखमा सुरक्षित रहेकाले हामीले पनि त्यो हेर्ने मौका पायौँ । स्वर्गकी अप्सराको उपमा पाएको रारा हामलिाई पनि साँचिकै स्र्वगकी अप्सरा नै लाग्यो । हामी राराको यहि सुन्दरतालाई क्यामरामा कैद गर्दे अनि मानसपटलमा अंकित गर्दे फर्कियौँ । र्फकिदाँ बाटोभरी रारा तालले मन तानिरहयो । 

तस्वीर ६

यात्राको दोश्रो दिन हामी बिहान १० बजे तालबाट फर्किदै ताल्चा विमानस्थल पुग्यौँ । ताल्चा पुग्दा मकालुको विमान आउने तयारी भईरहेको हुनाले हामीलाई प्रहरीले केही समय प्रबेश हुन दिएन । विमान अवतरण भएर पून गईसकेपछि मात्र हामी विमानस्थल हुदै होटेल तर्फ गएर खाना खायौँ । हामी खाना खाएर निस्किदै गर्दा फेरी तारा एयरको विमान अवतरण भएर यात्रु बोकेर आफ्नो बाटो लाग्यो । अनि मात्र विमानस्थल हुदै सुनकलीको जिल्ला भनेर चिनिने मुगुलाई बाईबाई गर्दै आफ्नो अर्को गन्तव्य तिर लाग्यौँ । 

अर्को गन्तव्य हाम्रो जुम्लाको खलंगा पुग्नु थियो । करिब दिउसोको १२ बजिसकेको थियो हामी त्यहाँबाट फर्किदा । फर्केर हामीले फेरी अघिल्लो दिन चियाँ खाएकै ठाँउ अर्थात सिंजा प्रदेशको एउटा बजारमा पुगेर चियाँ खाएर अघि बढ्यौँ । फर्किदै गर्दा सिंजा प्रदेशमा नै पर्ने पाण्डवको गुफा हेर्न अवसर पनि जुर्यो । पाँच पाण्डवले १ एक बर्ष गुप्तबास बसेको गुफा हो भन्ने किम्बदन्ती छ त्यो क्षेत्र । पाण्डवहरु १३ बर्ष बनबास र १ बर्ष गुप्तबास बसेको कुरा सुन्न पाए पनि त्यसको बारेमा बिस्तृत रुपमा जानकारी थिएन । यो त जुम्लाकै सिंजा प्रदेशमा रहेछ भनेर गुफा हेर्दा बाट जानकारी प्राप्त भयो । त्यहाँ रहेको गुफमा पाँच पाण्डब र एक द्रोपतीको शिलाहरु कुदिएका थिए । त्यो अवलोकल गरेर हामी अघि बढ्यौँ । 

तस्वीर ७ पाण्डव गुफा 

बेलुकाको ६ बज्नै लाग्दा हामी जुम्लाको खलंगा पुग्यौँ । जुम्लाको बासको लागी नाग्मबाट नै मित्र दिपेन्द्रले फोन मार्फत तयारी गरिसक्नु भएको थियो । त्यहि अनुसार हामी जुम्लाको मानसरोबर होटेलमा बास बस्यौँ, मैले त सुनेको मात्र थिए जुम्लाको रातो मार्सी चामलको बारेमा । त्यो रात त त्यही चामलको भात खुवाए होटेलवाला साउजीले । पहिलो पटक रातो मार्सीले पेट भरियो । भोलीपल्ट बिहान हामी जुम्लाका केही ठाँउ हेर्नका लागी तयारी भयौँ । त्यस बिहान जुम्ला एयरपोर्ट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्राविधिक शिक्षालय घुमेर हामी खलंगाबाट बिदाई भयौँ । 

तरुवीर ८ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 

बाह्रै महिना तातोपानी बग्ने ठाँउ भएको जुम्लाको तातोपानीमा नुहाएर जाने योजना पुरा नभएपनि त्यस ठाँउको अवलोकन गरेर हामी १२ बजे नाग्म पुगेर बिहान खानाँ खायौँ । तर बिडम्बना हाम्रा मित्र शुसिल रावल हाम्रो संगसंगै भईरहेको यात्राबाट छु्टनु भयो ।  जुम्लाबाट फर्किने क्रममा मोटरसाईकल बिग्रपछि २ दिन जुम्लामै बस्नुपर्ने खबर उहाँले गुर्नभयो । त्यो खबरपछि हामीले उहँलाई आवश्यक पर्ने सबैकुराको व्यवस्था नाग्मबाट गरेर अछामको बाटो लाग्ने निधो गरयौँ । तिहार नजिकै भएकाले पनि हामी सबैले फर्किनु पर्ने थियो । तिहारकै कारण दिपक बिष्ट र बसन्त गिरी पनि हामी भन्दा केही समय अगाडी नै निस्किसकेका थिए । दिउसोको ३ बसिजसकेको थियो हामी कर्णालीको तिरैतिरबाट कालिकोटको मान्म हुदैँ आफ्नो बाटो लाग्यौँ । तिहारको झिलिमिली जताततै थियो भने देउसीरेहरु बाटोभरी देउसी खेलिरहेका थिए । बेलुका ५ बजेपछि कर्णाली पुल तरेर हामीले अछाम प्रवेश गरयौँ । यात्राको अन्तिम दिन बेलुका हामी मंगलसेनमै रमाईलो गरेर बस्ने निधो गरयौँ । त्यहि अनुसार अछामको सदरमुकाम मंगलसेनको ज्ञानुप्लाजामा रमाइलो गर्दै त्यो रात बितायौँ । यात्राको पाँचौँ दिनको बिहान अर्थात गोर्बद्धन पुजाको दिन हामी छुट्टिए संगैँ हाम्रो रारा तालको ५ दिने यात्रा समाप्त भयो । 


Member Comment