रेडियो श्रोता समुहको पहलमा प्याड बनाउने तालिम

Jul 6, 2019

जयराज अवस्थी

असार २१, बैतडी

बैतडीको दशरथचन्द नगरपालिका वडा नं. २ मा रहेको निङ्गलाशैनी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रेजिना टेलरलाइ महिनावारी भएको बेला विद्यालय जान असहज हुने गरेको थियो । तर हिजोआज निङ्गलाशैनी रेडियो श्रोता क्लबको पहलमा विद्यालयमानै प्याड बनाउने तालिम पाएपछि आफैले बनाएको प्याड प्रयोग गर्न सहज भएको उहाँले बताउनुभयो ।

त्यस्तै सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत चन्द्रा भाटलाइ पनि महिनावारी भएको बेला विद्यालय जान सकस हुने गरेको उहाँले बताउनुभयो ।,कक्षाकोठामा बस्न र साथीहरुसित जानको लागी केही भन्ने पो हुन की भन्ने डर हुन्थ्यो । अहिले प्याड बनाउने तालिम पाएपछि आफुलाइ सजिलो भएको उहाँले बताउनुभयो ।

रेजिना र चन्द्रा जस्तै सोही विद्यालयमा अध्ययनरत अन्य छात्राहरुलाइ पनि उनिहरुको जस्तै समस्या थियो तर अहिले आफैले बनाएको प्याड प्रयोग गर्न पाउदा निङ्गलाशैनी माध्यमिक विद्यालयका छात्राहरु दंग परेका छन् । उनिहरु नियमित विद्यालय जान थालेका छन् । उनिहरुले बनाएको प्याड दोस्राे चोटी धोएर पनि प्रयोगमा आउने खालको बनाएको निङ्गलाशैनी रेडीयो श्रोता क्लबका संयोजक भागरथी भण्डारीले बताउनुभयो । विद्यालयमा छात्राहरुलाइ महिनावारी भएको बेला हुने समस्यालाइ मध्यनजर गर्दै आफ्नो क्लबले सोही विद्यालयकी शिक्षिकालाइ आग्रह गरेर छात्राहरुलाइ प्याड बनाउने तालिम दिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा कक्षा ८,९ र १० का केही छात्राहरुलाइ तालिम दिएको र यो तालिम अरु छात्राहरुलाइ पनि दिइने उहाँले बताउनुभयो । तालिममा बनाइएका प्याडहरु सोही विद्यालयमा अध्ययनरत कक्षा ९,१० र १२ का छात्राहरुलाइ वितरण गरेको पनि उहाँले जानकारी दिनुभयो ।

पारस्परी जवाफदेहीता परीयोजना अन्तर्गत संञ्चालित निङ्गलाशैनी रेडीयो श्रोता क्लबले समुदायमा विभिन्न कामहरु गर्दै आइरहेको श्रोता क्लबका सदस्य भान सिह बोहराले बताउनुभयो । पछिल्लो समयमा महिनावारी भएका बेला छात्राहरुलाइ समस्या हुने भएकोले प्याड बनाउने तालिम संञ्चालन गरेको उहाँले बताउनुभयो । अहिले निङ्गलार्शैनी माध्यमिक विद्यमलयमा अध्ययनरत छात्राहरु प्याड बनाउने तालिम पाएपछि निकै खुसी भएका उहाँले बताउनुभयो ।