स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयमसेविका र बालबिकास सहजकर्तालाई साईकल र ब्याग वितरण 

Oct 21, 2020

बिकास थापा कपिलवस्तु कार्तिक ५ ।

स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयमसेविका र बालबिकास सहजकर्ता प्रोत्साहन कार्यक्रम अन्तगर्त साईकल र ब्याग वितरण गरिएको छ । कपिलवस्तुको बाणगगां नगरपालिका वडा न. ७ ले वडामा कार्यरत १३ जनालाई एकएक वटा साईकल र ब्याग वितरण गरेको हो । वडाका ४ जना स्वास्थ्यकर्मी ,५ जना महिला स्वास्थ्य स्वयमसेविका र ४ जना बालबिकास सहजकर्ता गरि १३ जनालाई साईकल र ब्याग वितरण गरेको वडा अध्यक्ष बिष्णु गिरीले बताउनुभएको छ । कार्यक्रममा साईकल र ब्याग वितरण गर्दै संबिधान सभा सदस्य बलाराम अधिकारीले कोरानाको महामारी समयमा स्वास्थ्कर्मी र महिला स्वयम सेविकाले खेलेको भूमिका सह्रायिन रहेको बताउनुभयो ।

उहाले नगर वडाले महिला लक्षित कार्यक्रमलाई जोड दिदै उनीहरुका जायज माग र आवश्यकतलाई पूरा गर्न सरकार पछि नहट्ने स्पष्ट पार्नूभयो । यस्तै बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले कोरोनाको जोखिमका बिचमा स्वास्थ्यकर्मी ,स्वयमसेविकाहरुले खेलेको भूमिका सह्रायिन रहेको बताउदै यस कार्यलाई नगरपालिकाले मूल्याकंन गरेको बताउनुभयो । यस्तै कार्यक्रममको उद्देश्य र वडाले गरेका कामहरुका बिषयमा जानकारी गराउदै वडा अध्यक्ष बिष्णु गिरीले वडाका रचनात्मक र सिर्जनात्मक कार्यहरुमा जोडिन सबैमा आग्रह गनुभयो । चालु आर्थिक बर्षको महिला लक्षित बर्गको कार्यक्रम अन्तगर्त स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुको मनोबल उच्च बनाउनका लागि साईकल र ब्याग सम्मान स्वारुप वितरण गरेको बताउनुभयो ।

उहाले समयमै योजना सम्झौता ,कार्यान्वयन र सम्पन्न गर्न वडा नं ७ नगरमा अघि रहेको बताउनुभयो । महिला लक्षित कार्यक्रमलाई भौतिक बिकासका जस्तै कामहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउदै साईकल र ब्याग सम्मान स्वारुप पाएपछि आफनो काममा थप उर्जा र हौसला मिलेको बताएका छन ।